२०८० जेष्ठ २६ शुक्रबार
  • काठमाडौँ

मलेसियाले १ मे बाट मलेसिया प्रवेश गर्ने बिदेशीको लागी नयाँ नियम

अप्रिल २८, क्वालालम्पुर : मलेसियामा पछिल्लो समय को’रोना माहामा’रीको त्रा’ससंगै संक्र’मित हुनेको संख्या घट्दै गैइरहेकोले मलेसिया सरकारले को’रोना माहामा’री सम्बन्धि केहि नियमहरु खुकुलो बनाउने निर्ण गरेको छ।

आज आयोजित एक पत्रकार सम्मेलनमा मलेसिया सरकारको स्वास्थ्यमन्त्री खैरी जमालुद्दीनले बोल्दै, अबदेखि बाहिर हिलडुल गर्दा मास्क लगाउनु पर्दैन र यो नियम यहीँ बर्ष सन् २०२२ को आउँदो महिना मे १ तारिखदेखि लागू हुने बताए ।

स्वास्थ्य मन्त्री खैरी जमालुद्दीनले थप बोल्दै भने यदि तपाईंहरु ई-हाईलिङ , ग्रेब कार , बस यातायातका अन्य साधनसंगै सपिङमल भित्र प्रवेश गर्नुहुन्छ भने मास्क लगाउनुपर्ने हुन्छ , त्यस्तै आफू काम गर्ने ठाउँमा समेत मास्क लगाउनुपर्ने हुन्छ ,

तर बाहिरी क्षेत्रमा व्यायाम गर्दा, एक्लै ठाउँमा भएमा, खाने, पिउने, बोल्ने र प्रदर्शन गर्दा , धेरै भिडभाड नहुने लगायतका विभिन्न ठाउँमा अवस्था अनुसार अनुहारको मास्कलाई बन्द गरिएको ठाउँमा हटाउन सकिने , नलगाएपनी हुने मन्त्री जमालुद्दीनले बताए।

त्यस्तै १ मे बाट मलेशिया छिर्ने यात्रु हरु ले पूर्ण खोप लगाएको भए अब नेपाल बाट PCR टेस्ट र मलेशिया एरपोर्ट RTK टेस्ट मा गर्नु नपर्ने। मलेसिया आउनेहरुको यात्रा बिमा जुन पहिला अनिवार्य थियो त्यो अब नचाहिने।

त्यस्तै मे १ तारिखदेखिनै लागू हुनेगरी सामाजिक दुरि कायम गर्न नपर्ने भएका छ्न। कतै प्रवेश गर्दा यदि त्यस् ठाउँमा माई सेजाहतेरा क्युआर कोड छ्न भने,, अब मे १ तारिखदेखिनै कोड स्क्यान गर्न पर्दैन ।

को-रोना पो-जिटिभ भएका संक्र-मितहरु भने ७ दिन होम्म क्वारे’न्टाइनमा बस्नुपर्ने नियम यथावत रहनेछ्न। रिजल्ट नेगे’टिभ भएपछि मात्रै नियमित काममा फर्किन मिल्नेछ्न।

त्यस्तै मे १५ तारिखदेखि मलेसियामा नाईट क्लब , डान्सबार लगायत सबै आर्थिक क्षेत्रहरु पुर्ण रुपले खोल्न र संचालन गर्न पाउने स्वास्थ्यमन्त्री जमालुद्दीनले बताए।

२०७९ बैशाख १४, बुधबार प्रकाशित 1 Minute 474 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।