
युएई : युनाइटेड अरब इमिरेट्स (युएई)का राजकुमार मोहम्मद बिन जायेद अल नहानले दुबईको जे’लमा रहेका नेपाली पत्रकार उमाकान्त पाण्डेको सजाय माफ गरिदिएका छन् ।
सजाय माफी भएसँगै पाण्डे अब छिट्टै जेलमुक्त हुने युएईको अबुधावीस्थित नेपाली दूतावास स्रोतले जनाएको छ । स्रोतका अनुसार युएईका राजकुमारले गत शुक्रबार पाण्डेको स’जाय माफ गरिदिएका थिए ।
युएइको अदालतले पत्रकार पाण्डेलाई तीन महिना जे:ल, २० हजार दिराम जरि-वाना, नेपाल डिपोर्ट लगायतको सजाय सुनाएको थियो । सामाजिक सञ्जालमा जथाभावी लेखेको भन्दै अबुधावीस्थित नेपाली दूतावासका पदाधिकारीको उ’जुरीमा उनलाई उक्त स’जाय सुनाइएको थियो ।
पत्रकार पाण्डेलाई जेल स’जाय सुनाइएपछि नेपालमा त्यसको विरोध भएको थियो । त्यसपछि युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले युएईमा रहेका प्राज्ञिक व्यक्तिलाई उनको सजा’य माफीका लागि गत बुधबार भेटी अनुरोध गरेका थिए ।
ती प्राज्ञिक व्यक्तिहरुले युएईका राजकुमार समक्ष कुरा पुर्याएका थिए । त्यसपछि राजकुमारले सजाय मा’फी गरेको दूतावास स्रोतले बताएको छ । नेपाल डिपोर्ट नहुने गरी पत्रकार पाण्डेको सजाय मा’फी गरिएको दूतावास स्रोतले बताएको छ ।