
अप्रिल २७, मस्को : रुसले पोल्यान्ड र बुल्गेरियालाई ग्यास आपूर्ति बन्द गर्ने भएको छ । युक्रेनलाई लिएर पश्चिमा देश र मस्कोबीच दरार बढिरहेका बेला रुसले युरोपेली युनियनमा
आबद्ध दुई देशमाथि ग्यास आपूर्ति बन्द गर्ने भएको हो । पोल्याण्ड र बुल्गेरिया दुबै नेटो सदस्यसमेत हुन् । पोल्यान्डको सरकारी स्वामित्वको पीजीएनआइजीले रुसी ग्यास उद्योग कम्पनी गाजप्रोमले आपूर्ति बन्द गरेकाे जनाएको छ ।
तर, तत्काल भन्डार आवश्यक नभएको र आफ्नो ग्यास भन्डारण ७६ प्रतिशत रहेकाे वार्साले प्रष्ट पारेकाे छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘शत्रु’ देशहरूलाई ग्यास आयातको लागि रुबलमा भुक्तानी गर्न आह्वान गरेका छन् । साेही बमाेजिम केही खरीदकर्ताहरूले रुबलमा भुक्तानी गरेका छन् ।
क्रेमलिनको क-ट्टर वि-रोधी पोल्यान्ड आफ्नो छिमेकी युक्रेनलाई हमला गरेपछि रुसवि’रुद्ध कडा प्रति’बन्धहरू लगाउने युरोपेली देशहरूमध्ये एक हो ।
रूसी ग्यास आयातमा लगभग पूर्ण रूपमा निर्भर रहेको बुल्गेरियाले गाजप्रोमसँग आफ्ना सबै अनु-बंधात्मक दायित्वहरू पूरा गरेको र प्रस्तावित नयाँ भुक्तानी योजनाले सम्झौता उल्लंघन गरेको गुना-सो गरेको छ ।
उसले टर्की र ग्रीसबाट ग्यास निर्यात गर्न छलफलसमेत गरेको छ ।यसैबीच, पूर्वी युरोपको मोल्डोभामा पनि त-नाव बढेको छ । ट्रान्सडनिस्ट्रिया क्षेत्रका मस्को समर्थित अधिकारीहरूले
त्यहाँ श्रृंखलाबद्ध आ-क्रमण भएको बताएपछि मस्कोले युरोपलाई ब्ल्याकमेल गरेको र मोल्डोभालाई द्व-न्द्वमा तान्न खोजेको युक्रेनले आ-रोप लगाएको छ ।