२०७९ जेष्ठ ७ शनिबार
  • काठमाडौँ

साउदीमा ध्वजाबाहक पुगेर एयरपोर्टमा जहाजको भीडमा अवतरण हुँदा नेपालीमा झल्किएको खुसी

अप्रिल २६, रियाद : सूर्यचन्द्र अङ्कित राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) रियादस्थित किङ् खालिद इन्टरनेश्नल एयरपोर्टमा जहाजको भीडमा अवतरण हुँदा यहाँ रहेका नेपालीले खुसी व्यक्त गरे ।

साउदी अरेबियामा नेपाली ध्वजाबाहकको उपस्थिती काठमाडौँको हवाई सम्पर्क सञ्जाल विस्तार मात्रै नभएर नेपालको सान र गौरब पनि हो । नेपालले कूटनीतिक सम्बन्ध स्थापना भएको ४५ वर्षपछि ध्वजाबाहक वायुसेवा निगमले अरबको दोस्रो

ठूलो मुलुक साउदीमा सिधा हवाई उडान सुरु गरेकामा नेपाली समुदायले खुसी व्यक्त गरेका छन् । साउदीमा रहेका चार लाख नेपालीका विभिन्न सङ्घ सङ्गठन र गैर आवासीय नेपालीका संस्थाले ध्वजाबाहकको उपस्थितिले मध्यपूर्वमा नेपालीको छवी थप उचाइमा पुगेको बताएका छन् ।

शनिबार राजधानी रियादमा आयोजित कार्यक्रममा नेपाली दूतावासका कार्यबाहक राजदूत दिलिपकुमार पौडेलले नेपालको कूटनीतिक सम्बन्ध विस्तार भएको महत्वपूर्ण मुलुक साउदी अरबमा निगमको सिधा उडानले कूटनीतिक सम्बन्धलाई थप

बलियो पार्ने मात्र नभइ आर्थिक उन्नतिको ढोका फराकिलो भएको विश्वास व्यक्त गर्नुभयो । निगमले धेरै लामो प्रयासपछि रियादमा सिधा उडान सुरु गरेको छ, यसले निगमको आर्थिक उन्नतिलाई पनि फराकिलो बनाउने र गन्तव्य विस्तार पनि हुनेछ, मुलुकको फ्लाइट क्यारियसको छुट्टै महत्व र पहिचान हुन्छ, यसले मुलुकको प्रवद्र्धन गर्नमा महत्वपूर्ण भूमिका खेल्नेछ, उहाँले भन्नुभयो ।

गैर आवासीय नेपाली सङ्घ साउदी अरेबियाका संयोजक राजेन्द्र अर्यालले साउदीमा सिधा उडानले मुलुकको व्यापार प्रवद्र्धनमा टेवा पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, साउदी अरबमा नेपाली ध्वजाबाहकले सिधा उडान सुरु गर्दा सबैभन्दा खुसी हुनेमा म पनि एक हुँ,

यो उडान स्थापना गराउन हामीले वर्षौदेखि गरेको प्रयास सफल भएको छ, अब दुबै मुलुकबीच भइरहेको व्यापार प्रवद्र्धन हुनेछ, निजी क्षेत्रले लाभ उठाउन ध्वजाबाहकले मद्दत गर्नेछ निगमको उद्घाटन उडानमा सहभागी हुनुभएका नेकपा (एमाले)का सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले नेपालीको बाहुल्यता रहेको साउदी अरबमा नेपाली ध्वजाबाहकको

उपस्थितिले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ तुल्याउन र निगमको आर्थिक उन्नतिका लागि पनि फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले साउदी अरेबियामा रहेका नेपालीलाई आफूले मेहनत गरेर कमाएको पैसा एउटै माध्यमबाट स्वदेश पठाउन र नेपालका विभिन्न व्यवसायमा लगानी पनि आह्वान गर्नुभयो ।

नेपाल र साउदीबीच सिधा उडान नहुँदा कोभिड महामारीका बेला रियाद, दमामलगायतका सहरमा ज्यान गुमाएका नेपाली कामदारका शव स्वदेश फर्काउन ज्यादै समस्या झेल्नु परेको थियो । अब निगमको उडानले श-व नेपाल फर्काउन पनि सहज हुने रियादमा रहेका नेपाली समुदायका प्रतिनिधिको विश्वास छ । सिधा उडान नहुँदा विदेशी वायुसेवालाई हारगुहार गर्दा पनि सहजता थिएन ।

निगमले उडान घोषणा गर्ने बित्तिकै यहाँको हवाई भाडा सस्तो भएको छ । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले रियादमा सिधा उडानले निगमको गुडविल विस्तार गर्न महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले निगमको रियाद उडान यात्रा निकै फलदायी भएको पनि बताउनुभयो ।

निगमको उपस्थितिको घोषणाले मात्रै पनि हवाई भाडादरमा कमी आएको यसले पक्कै पनि सहयोग पुग्नेछ, रियादबाट काठमाडौँ फर्कदा लगेजमा सहुलियत दिएका छाँ, यहाँका बासिन्दालाई पनि नेपाल देशमा आकर्षण गर्न मद्दत पुग्ने छ, निगमका कार्यकारी अध्यक्ष अधिकारीले भन्नुभयो ।

नेपाल र साउदी अरेबियाबीच सन् २०१५ मा द्विपक्षीय हवाई सेवा सम्झौता भएको थियो । नेपालले पछिल्लो पटक (३० सेप्टेम्बर २०१९ मा) अष्ट्रेलियासहित विभिन्न ४० मुलुकसँग हवाई सेवा सम्झौता गरेको छ । दुई देशबीचको व्यापार प्रवद्र्धन र सम्बन्ध विस्तारका लागि दुईतर्फी भ्रमण आदनप्रदानका कार्यक्रम गरिने अध्यक्ष अधिकारीले बताउनुभयो ।

यसअघि निगमको रियाद उद्घाटन उडानमा सहभागी पूर्वमन्त्री एवं सांसद, उद्यागी, व्यवसायीसहितको नेपाली टोली र यात्रुलाई रियादस्थित किङ खालिद इन्टरनेश्नल एयरपोर्टमा रियादको साउदी ग्राउण्ड ह्याण्डलिङ सर्भिस ‘एसजिएचए’, जिएसए कम्पनी, एयरपोर्ट अथोरिटी, नेपाली समूदायका प्रतिनिधि तथा रियादस्थित नेपाली दूतावासले स्वागत गरेका थिए ।

निगमको ६३ वर्षे अविछिन्न यात्राको दौरानमा रियाद ऐतिहासिक उडान पनि हो । निगमले हालसम्म उडान गरेका गन्तव्यमध्ये रियाद सबैभन्दा आकर्षण गन्तव्य मानिन्छ । राष्ट्रिय ध्वजावाहकको साउदी अरेबियामा सिधा उडानले नेपालमा पर्यटन तथा आर्थिक लगानीका अवसर सिर्जना हुने भएकाले यो गन्तव्यमा हवाई सम्पर्क सञ्जाल विस्तार हुनु निकै उपलब्धि भएको सरोकारवालाको भनाइ छ ।

२०७९ बैशाख १३, मंगलवार प्रकाशित 1 Minute 205 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार