
अप्रिल २६, काठमाडौं : विश्वकै धनी ब्यक्तिहरु मध्ये पहिलो नम्बर मा पर्ने धनाध्य ब्यक्ति एलन मस्कले सोसल मिडिया कम्पनी ट्वीटर खरिद गरेका छन् । मस्कले ४४ बिलियन डलरमा ट्वीटर किनेका हुन् ।
उनले ट्वीटर मानवताको भविष्यका लागि विभिन्न मुद्दामा बहस हुने डिजिटल टाउन भएको जिकिर गरे । ट्वीटर कम्पनी खरिद गरिसकेपछि उनले यसमा नयाँ सुविधा थपेर पहिलेभन्दा राम्रो बनाउन कोसिस गर्ने बताएका छन् ।
केही समय अगाडि ९ प्रतिशत सेयर किनेका मस्कले मंगलबार ट्वीटरको सबै सेयर किनेका हुन् । उनले ५४.२० डलर प्रति सेयरको दरले कम्पनी किनेको बताएका छन् । ट्वीटर बोर्डले मूल्य, निश्चितता र
वित्तपोषणमा एलन मस्कको प्रस्तावलाई गम्भीरतापूर्वक आँकलन गरेर बेच्ने निर्णय गरेको ट्वीटरको इन्डिपेन्डेन्ट बोर्डका अध्यक्ष ब्रेट टेलरले जानकारी दिएका छन् । उनले भने, ‘यो सम्झौतापछि ट्वीटरको सबै सेयर
होल्डर्सलाई आकर्षक प्रिमियम प्राप्त हुने भएकाले ट्वीटरको सेयर होल्डरका लागि यो राम्रो अवसर हो ।’ ट्वीटर कम्पनी खरिद गरिसकेपछि मस्कले वाक स्वतन्त्रता लोकतन्त्रको मुख्य अधिकार भएको बताएका छन् ।