२०८० जेष्ठ २२ सोमबार
  • काठमाडौँ

पुटिनलाई ठूलै रो’ग लागेको आशंका ! लगातार हल्लिरहेको थियो खुट्टा, हातको चाल पनि अस्वभाविक (भिडियो सहित)

काठमाडौं : युक्रेनमाथि कारवाहीपछि रुस कमजोर देश बनेको यूकेका रक्षामन्त्री बेन वालेसले बताए। रुसी सेना थाकेको र उनीहरूको देशले ठूलो नोक्सान बेहोरेको उनको भनाइ छ।

उनले स्काई न्यूजसँग भने: राष्ट्रपति पुटिन पहिले जस्तो श’क्तिशाली छैनन् र उनी अब आफैले बनाएको पिँजडामा थुनि’एका मानिस भएका छन्। रुसी सेनाको भव्य प्रतिष्ठा खेर गएको छ।

युक्रेनमाथि कारवाहीको नतिजा मात्र नभई आफ्नै सेनालाई गरेको व्यवहारको नतिजा समेत भोग्न पुटिन बा’ध्य भएको वालेसले बताए। कारवाहीसुरु भएको दुई महिना पुगिसकेको छ । यसैबीच रुसी सेनाले युक्रेनको सबैभन्दा ठूलो ब’न्दरगाह शहर मारियुपोलमाथि कब्जा गरेको छ ।

राष्ट्रपति भ्लादिमिरि पुटिनले मारियुपोलमाथि जीतको घोषणा गरे । यो जीतपछि पुटिनको रक्षामन्त्री सर्गेई शोइगुसँग भेटघाट भयो । यसको एउटा भिडियो सार्वजनिक भएको छ । यो देखेपछि पुटिन बि’रामी भएको अड्कलबाजी गरिँदै छ ।

पुटिनको जीवन रहस्यले भरिएको छ । उनको नीजि जीवनबारे खासै धेरैलाई थाहा छैन । आफ्नो स्वास्थ्य अवस्थाबारे पुटिनले अहिलेसम्म केही पनि बताएका छैनन् । यस्तोमा सार्वजनिक भएको भिडियोमा पुटिनको हाउभाउ देखेपछि उनको स्वास्थ्यबारे विभिन्न प्रश्न उठिरहेका छन् ।

थुप्रै मिडिया रिपोर्टमा पुटिन थाइरोयड क्यान्सर वा पा’र्किन्सन्सजस्ता ग’म्भीर रोगसँग जुधिरहेको बताइएको छ । रिपोर्टमा बताइए अनुसार थुप्रै क्या’न्सर विशेषज्ञ पुटिनसँग हिँड्छन् ।

आजकाल पुटिन स्टे’रोयड पनि लिइरहेका छन् ।वास्तवमा, भिडियोमा देखिए अनुसार पुटिन रक्षामन्त्री सर्गेई शोइगुसँग भेटघाटका बेला टेबलको एउटा कुना लगातार समातिरहेका थिए । उनको दाहिने हातको औँलामात्रै हल्लिरहेको थियो । उनको अनुहार पनि सुन्निएको थियो ।

कसैले कि’मोथेरापीको औ’षधी वा स्टे’रोइड लिइरहेको छ भने यस्तो हुने बताइन्छ । यस्तै, भिडियोमा पुटिनको लगातार खुट्टा हल्लिरहेको देखियो जुन पा’र्किन्सन्स रो’गको लक्षण हो ।स्विडिस इकोनोमिस्ट एन्डर्स असलन्डका अनुसार भिडियोमा पुटिन र शोइगु दुबै त’नावमा देखिएका छन् ।

साथै, दुबैजनाको स्वास्थ्य पनि राम्रो देखिएको छैन । उनीहरुको बसेको तरिका पनि ठिक देखिएको छैन । बैठकमा रक्षामन्त्री सर्गेई स्क्रिप्ट पढिरहेको देख्न सकिन्छ । बैठकमा प्रस्तुत गरिएका कुरालाई शोइगुले एउटा कागजमा लेखेका थिए । उनले यसलाई नै सरसर्ती पढिरहेको देखिए । यसबाहेक उनी भक्भकाइरहेका थिए, उनीहरुको शब्द पनि स्पष्ट सुनिएको थिएन ।

भिडियो

२०७९ बैशाख १३, मंगलवार प्रकाशित 0 Minutes 276 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।