
काठमाडौँ : संयुक्त राज्य इमिरेट्स (यूएई)का राजकुमार मोहम्मद विन जायद अल नाहयानले यूएईमा अप्ठ्यारोमा परेका नेपालीको समस्या लिएर सिधै आफूकहाँ आउन यूएईका लागि
नेपाली राजदूत कृष्णप्रसाद ढकाललाई आग्रह गरेका छन् ।
यूएईको विकास र समृद्धिमा नेपालीको ठूलो योगदान छ । नेपालीले पु¥र्याएको योगदानको कदर गर्दछु,’ राजदूत ढकालसमक्ष आफ्नो निजी मजलिसमा भएको भेटमा भने,
नेपाली साँचिक्कै अप्ठ्यारोमा परेको अवस्थामा सिधै मलाई भेट्न आउनू । नेपालीलाई परेको अप्ठ्यारोलाई समाधान गर्न म हरपल तयार रहनेछु । सन् २०१४ मा यूएईका अध्यक्ष खालिफ अल नाहयान स्वास्थ्य अवस्था बि-ग्रिएदेखि नै राजकुमार मोहम्मद विन जायद अल नाहयानले शासकीय बागडोर समाल्दै आएका छन् ।
यूएईको नीतिलाई दैनिक कार्यान्वयन गर्न उनी आफैं सक्रिय छन् । उनी यूएई सैन्य शक्तिका सहायक सर्वोच्च कमाण्डर पनि हुन् । राजकुमार नाहयानले यूएईमा कार्यरत नेपालीसहितको आप्रवासी श्रमिकलाई अझ सुरक्षित र मर्यादित बनाउन
आफू हरदम तयार रहेको बताए । उनले आफू नेपालीको इमानदारिता र स्नेहबाट प्रभावित रहेको पनि बताए ।
भेटमा राजदूत ढकालले राजकुमार नाहयानलाई नेपाल भ्रमणको पुन: स्मरण गराएका छन् ।
तीन वर्षअघि राष्ट्रपति विद्यादेवि भण्डारीले नेपाल भ्रमणको लागि निम्तो दिएकी थिइन् । ‘हामी अहिले को-भिड वि’रुद्ध लडिरहेका छौं । यसलाई सबै मिलेर परास्त गरौं । म नेपालको भ्रमण अवश्य गर्नेछु’, नाहयानको भनाइ उद्धृत गर्दै ढकालले भने ।
राजदूत ढकालले को-भिड वि’रुद्ध लड्नको लागि यूएई सरकारले पु¥र्याएको सहयोगप्रति धन्यवाद दिएका थिए । युएईले आधुनिक स्तरको एक सय ५० वटा भेन्टि-लेटर सहित स्वास्थ्य सामग्री नेपाललाई पठाएको थियो ।