२०८० आश्विन १२ शुक्रबार
  • काठमाडौँ

मेगा प्रोजेक्टमा साउदीले नेपाली कामदार मात्रै लिने घोषणा !

काठमाडौँ : को-भिड-१९ म-हामा’रीका बीच पनि साउदी अरवमा नेपाली कामदारको माग बढेको छ । अझ साउदी अरबको मेगा प्रोजेक्टहरुमा नेपाली कामदारको माग बढेको हओ ।

कोरो’नाको नयाँ भेरि’एन्टका कारण केही अन्यौल देखिए पनि त्यस अघिसम्म साउदिबाट नेपाली कामदारको माग उच्च रहेको थियो । को’भिड -१९ महामा’रीका बीच पनि साउदीमा रोजगारदाताको प्राथमिकतामा नेपाली कामदार परेकोले

माग बढ्दै गएको साउदीका लागि श्रम काउन्शिलर जीवन राइले बताए । वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको एक कार्यक्रममा बोल्दै राईले भने, ‘हालसम्म ३६ सय फाइलबाट ३५ हजार नेपाली ल्याउनका लागि मागपत्र प्रमाणीकरण भएको छ,

रोजगारदाताले नेपाली कामदारमा लिन इच्छुक रहेकोले पनि नेपालीको माग उच्च छ।’ साउदीमा दक्ष कामदारको माग बढेको र हालै २१ हजार रियाल मासिक करीब सात

लाखसम्म तलव पाउने कम्प्युटर प्रोग्रामरको माग पनि आएको भन्दै राईले भविष्यमा अदक्षभन्दा दक्ष र प्राविधिकरुपमा दक्ष कामदारको मागबढ्न सक्ने आँकलन गरिएको बताए ।

हाल साउदीमा माग भएका कामदारमा ‘लेबर कोटा’ बढी रहेको उनले बताए । भविष्यमा सीपयुक्त र दक्ष कामदार आपूर्ति गर्न सकिएमा श्रमिक सम्बन्धि समस्या कम आउने साथै रेमिटेन्स वृद्धि गर्नमा पनि मद्दत मिल्ने उनको भनाई छ ।

साउदी जान चाहने नेपालीले त्यहाँको सरकारले तोकेको होटलमा क्वारेन्टाइनमा ७ दिन बस्नुपर्ने बाध्यता छ । साउदी जानेहरुको लागि सयभन्दा बढी संस्थागत क्वा’रेन्टाइन तोकिएको साथै खर्च रोजगारदाताले व्यहोर्नुपर्ने व्यवस्था रहेको उनले बताए ।

२०७९ बैशाख ११, आईतवार प्रकाशित 1 Minute 473 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।