२०७९ जेष्ठ ९ सोमबार
  • काठमाडौँ

अमेरिकामा दु-र्घ’टनामा परि चितवनका दीपकको नि-धन

अप्रिल २२, बोष्टन : कामको शिलशिलामा दु’र्घट-नामा परि अमेरिकाको बोष्टनमा एक नेपाली युवाको नि’धन भएको छ। म्यासाच्युसेटस राज्यको बोस्टनमा बस्ने नेपाली युवा करिव

३५ वर्षिय दीपक नेपालको काम गर्ने ठाँउमा १२ ‌औं तलाबाट ख’सेर नि’धन भएको जनाइएको छ । ग्रेटर बोस्टन नेपाली कम्युनिटिका अध्यक्ष मिलन कुमार कार्कीका अनुसार बुधवार दिउसो साढे एक बजे तिर घटना भएको हो ।

कार्कीका अनुसार दीपकले क्यामरिज सिटीको हाउजिङ डिपार्मेन्टमा काम गर्दथे। कामको शिलशिलमा १२ औ तलाबाट खसेको भनिएको छ तर के भएर ख’से भन्ने पूर्ण विवरण आइसकेको छैन प्रहरीले अनु-सन्धान गर्दै गरेको भनेको छ।

कार्कीले भने । प्रहरीको रिपोर्ट नआए सम्म घटना के भएर भएको हो भन्न सकिने अवस्था छैन, अझै पुलिसले केही बताएको छैन।

चितवन कुरिनटार घर भइ हाल बोस्टनमै बस्ने मृ’तक दीपकका छिमेकी तथा नातेदार समेत रहेका ग्रेटर बोस्टन नेपाली कम्युनिटिका पूर्व अध्यक्ष ध्रुव घिमिरेका अनुसार दीपक इच्छाकामना ३ तुम्लिङटार चितवनका हुन् ।

उनी डिभि परेर सन् २०१२ मा अमेरिका आएका हुन् । दीपकको श्रीमती तथा पाँच र दुई वर्षका गरि दुई छोरि छन्। दीपकका आमा बुबा पनि बोस्टनमा सँगै बस्दै आएका छन् ।घिमिरेले परिवारमा एक्कासी विपत्ति आएको भन्दै दुख मनाउ गरे ।

हामी नेपालमा पनि र अमेरिकामा पनि छिमेकी हौ, दुई साना नानीहरु छन् परिवारमा संहालिनै गाह्रो भएको छ।”
घिमिरेले भने, आज सम्म रिपोर्ट आएमा आइतवार वा सोमवार अन्यन्टि गर्ने तयारी गरिएको छ।

अनुसन्धान जारी नै रहेकोले दीपकको श’व प्रहरीले परिवारको जिम्मा लगाएको छैन। यसै बीच एनआरएनए अमेरिका म्यासाच्युसेटस च्याप्टरले दीपकको नि’धनमा दुख व्यक्त गरेको छ।

बोस्टन म्यासाच्युसेटस निवासी अत्यन्तै मिलनसार व्यक्ति, एनआरएनए अमेरिकाका साधारण सदस्य श्री दीपक नेपाल को हिजो अप्रिल २० मा १ दु’र्घट-ना मा परी असामयिक रुपमा नि’धन हुन गएको ले सम्पूर्ण शो’काकुल परिवार मा हार्दिक समवेदना प्रकट गर्दै मृतक प्रति हार्दिक श्र’द्धांजलि अर्पण गर्दछौ। एनआरएनएले आफ्नो पेजमा लेखेको छ।

२०७९ बैशाख ९, शुक्रबार प्रकाशित 1 Minute 27 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार