२०८० मंसिर १८ सोमबार
  • काठमाडौँ

सिंगापुरले माग्यो ६ वर्षपछि नेपाली कामदार,लागत ५० हजार, तलब दुई लाख सम्मन !

काठमाडौं :सिंगापुरले ६ वर्षपछि फेरि नेपाली कामदार मागेको छ। सन् २०१३ को अगस्टपछि संस्थागत रुपमा रोजगारीका लागि सिंगापुरले नेपाली कामदार लगेको थिएन।

त्यतिबेला एलन इन्टरनेशनल म्यानपावर कम्पनीमार्फत् ९ नेपाली रोजगारीका लागि सिंगापुर गएका थिए। उनीहरू सिंगापुरको युनिभर्सल मारिटाइम सोलुशन कम्पनीमा गएका थिए।त्यसयता व्यक्तिगत रुपमा श्रम स्वी”कृति लिएर नेपाली कामदार सिंगापुर गए पनि संस्थागत रुपमा बन्दजस्तै भएको थियो।

सिंगापुर नेपाली कामदारका लागि आकर्षक गन्तव्य भएपनि माग आउन नसक्दा त्यसको फाइदा नेपालले लिन सकेको छैन।व्यक्तिगत रुपमा भने चालु आर्थिक वर्षभित्रै ४८ नेपाली रोजगारीका लागि सिंगापुर पुगेका छन्।

यसवर्ष सिंगापुर जानेमा ३ महिला र ४५ पुरुष छन्।यसपटक हाउसकिपिङका लागि दुईसय नेपालीको माग आएको हो। सिंगापुर जाने श्र”मिकसँग अधिकतम ५० हजार रुपैयाँ सेवाशुल्क लिन पाउने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निर्णय गरेको छ।

२०७८ भाद्र ३०, बुधबार प्रकाशित 0 Minutes 812 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।