२०८० जेष्ठ २२ सोमबार
  • काठमाडौँ

मलेसिया हुनेलाई खुसीको खबर ! अब कम्पनी परिवर्तन गर्न पाइने ?

बैशाख ९, काठमाडौं : मलेसियामा रोजगारदाता परिवर्तन अव सहज हुने भएको छ । विदेशी श्रमिकलाई रोजगारदाता परिवर्तन गर्न अनुमति दिने गरी नयाँ कानुन लागु भएको

स्थानीय सञ्चार माध्यमहरुले समाचार लेखेका छन् ।
स्थानीय संचार माध्यमका अनुसार अव देखि विदेशी श्रमिकले एउटा रोजगारदाताबाट अर्को रोजगारदातासँग काम गर्ने सहज रुपमा अनुमति प्राप्त गर्नेछन् ।

श्रम कानुनमा गरिएको परिवर्तनलाई मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले पारीत गरेको बताइएको छ ।
तर रोजगारदाता परिवर्तनका लागि सुरुमा रोजगारीका लागि निम्त्याउने रोजगारदाताको अनुमति हुनुपर्ने र केहि अन्य प्रावधान पुरा भएको हुनुपर्नेछ ।

समाचारमा भनिए अनुसार रोजगारदाता परिवर्तन गर्न सुरुमा रोजगारी प्रदान गर्ने रोजगारदातासँग एक बर्ष काम गरेको हुनुपर्ने प्रावधानलाई हटाइएको छ ।

यसैगरी रोजगार करार अवधि सकिएका विदेशी श्रमिकले रोजगारदाताको अनुमति विना नै नयाँ रोजगारदाता छनौट गर्न पाउने व्यवस्था पनि कानुन संशोधनमा समेटिएको छ ।

यसैगरी कानुनले तोकेका प्रकृयाहरु पुरा भएमा रोजगारदाताको अनुमति विना नै नयाँ रोजगारदाता छनौट गर्न पाउने सुविधा पनि विदेशी श्रमिकलाई दिइएको समाचारमा जनाइएको छ ।

२०७९ बैशाख ९, शुक्रबार प्रकाशित 0 Minutes 400 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।