२०८० जेष्ठ २२ सोमबार
  • काठमाडौँ

इमिरेट्स आइडी हुने नेपालीले युएईमा मल्टिपल भिजा पाउने, यस्तो छ प्रक्रिया ?

युएई : युएई सरकारले अब अमेरिकाले जस्तै पर्यटक भिसामा युएई जानेका लागि पाँच वर्षको पर्यटन भिसा दिने घोषणा गरेको छ । एक्स्पो उद्घाटनको पुर्व-सन्ध्यामा युएईका राष्ट्रपति

तथा प्रधानमन्त्री शेख महम्मद बिन राशिद अलमकतुम तथा मन्त्री मण्डल-द्धारा घोषणा गरिएको उक्त पर्यटक भिसा सबै राष्ट्रका नागरिकहरुलाई पाँचवर्षका लागि मल्टिपल भिसा दिने भएको हो ।

युएई सरकारको उक्त निर्णयको सबैतिर सह्राना गरिएको छ ।
२०१९ मा २१ मिलियन (झण्डै २ करोड १० लाख ) पर्यटक भित्राएको युएईले पर्यटकलाई अझबढी आकर्षित गर्नका लागि पर्यटन भिसा ५ वर्षका लागि दिइने घोषणा गरेको बताइएको छ ।

उक्त भिसा लागेको पर्यटकले पाँचवर्षसम्म युएई आवत-जावत गर्न पाउनेछन् । जसमा भिसा फि कति लाग्ने र उक्त भिसाका लागि नियम कानुनहरु के-के हुन् भन्ने विस्तृत आइसकेको छैन ।

त्यस्तै युएई सरकारले केही समय अगाडि १० वर्षका लागि १० वर्षे गोल्डेन रेसिडेन्सी भिसा दिइने घोषणा गरेको छ ।
जुन भिसा १० मिलियन दिरहाम (झण्डै ३१ करोड रुपैयाँ) लगानी गर्ने विजनेसम्यानहरुका लागि भएको बताइएको छ ।

त्यस्तै इन्जिनियर डाक्टर बैज्ञानिक तथा विजनेशम्यानहरुको लागि पनि पाँचवर्षे रेसिडेन्सी भिसा दिइने घोषणा समेत गरिसकिएको छ । उक्त भिसा उनीहरुको योग्यता हेरेर दिइने बताइएको छ ।
त्यस्तै १ वर्षको रेसिडेन्सी भिसा महिलाको लागि भएको बताइएको छ ।

कुनै पनि बिदेशी महिला युएईमा रहँदा उसको श्रीमानको मृत्यु भएमा ती महिला र उनका बालबालिकाका लागि उक्त १ वर्षे भिसा दिइने बताइएको छ । यस्तो भिसाले पर्यटकहरु लामो समय युएईमा रहने तथा विजनेश व्यवसाय गर्ने विश्वास युएईका उद्योगीहरुले गरेका छन् ।

२०७९ बैशाख ९, शुक्रबार प्रकाशित 1 Minute 290 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।