२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

साउदीमा नेपाली दूतावासको सेल्टरबाट नेपाली युवक सम्पर्कविहीन

रियाद : साउदी अरबस्थित नेपाली राजदूतावासको सेल्टरमा रहेका एक नेपाली युवक सम्पर्क विहीन भएका छन् ।
गत मंगलबारदेखि (अप्रिल १९) रियादको बथा भन्ने

ठाउँबाट राती साढे ९ बजेदेखि सन्तोष साह कानु नाम गरेका युवक हराएको नेपाली दूतावासले जनाएको छ । दूतावासले साहको खोजतलास गर्न प्रहरी कार्यालयलाई अनुरोध गरिसकेको छ ।

उनलाई कसैले देखेमा नजिकैको प्रहरी कार्यालयमा वा दूतावासको ०५०००७६७९४ सम्पर्क गर्न आग्रह गरेको छ ।
दूतावासका अनुसार साह डिप्रेसनको शिकार रहेका थिए ।

उनी कसैसँग पनि बोल्दैन थिए । अन्य नेपालीहरू सुतेको समयमा उनी बाहिर निस्किएका थिए । साहको एक्जिट भिसासमेत आइसकेको थियो । सेल्टरमा राखी उनलाई नेपाल पठाउने प्रक्रिया अगाडि बढाइसकेको थियो ।

२०७९ बैशाख ९, शुक्रबार प्रकाशित 0 Minutes 200 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।