
अप्रिल २१, दोहा : लवैदेशिक रोजगारीको लागि कतार गएका र विभिन्न कारणले जेल सजाय भोगिरहेका २१ जना नेपालीहरुले क्षमादान पाएका छन् ।
कतारका आमिर शेख तामिम बि हमाद अल्थानिले इस्लाम धर्मावलम्बीहरुको पबित्र महिना रमजानको अबसरमा ति नेपालीहरुलाइ क्षमादान गरेको कतारको दोहा स्थित नेपाली दूतावासले जनाएको छ ।
यसरी क्षमादान पाउनेमा यौनजन्य क्रियाकलापमा ३, चोरिजन्य क्रियाकलापमा ११, माधक पदार्थ बिक्री बितरणमा २ र आर्थिक हिनामिनामा मुछिएका ५ जना दो-षी ठहर भइ स-जाय भोगिरहेका थिए । क्षमादान पाएका ब्यक्तिहरुलाइ सम्बन्धित निकायले जानकारी गराउने प्रक्रिया समेत सुरु भएको दूतावासको भनाइ छ ।
दूतावासका अनुसार अझै ३ नेपालीहरुले विभिन्न कसुरमा जेल जिबन बिताइरहेका छ्न । त्यस्तै कतारमा बसोबासको नियमलाइ उलंघन गरेका बिदेशी नागरिकहरुले आफ्नो कानुनी अवस्था सच्याउने समयावधि पनि कतारी सरकारले बढाएको छ ।
विभिन्न कारणले कतारमा बसोबासको नियम उलंघन गरेका तर आफ्नो कानुनी अबस्था सच्याइ कतारमै बस्न चाहाने वा स्वदेश फर्कन चाहने हरुले आउँदो बैशाख १७ अर्थात अप्रिल ३० सम्मको समय पाउने भएका छन् ।
कतारमा बसोबासको नियम, काम गर्ने भिसाको नियम,घरेलु श्रमिक र पारिवारिक बसोबासको नियम उलंघन गरेकाहरुले यो अबसरको फाइदा लिन सक्नेछन् ।
रोजगार भिसामा कतार गएर कतारी आइडि प्राप्त नगरेका वा नवीकरण नभएका हरुले आफ्नो कतार बसाइँलाई बैधानिक बनाउन सक्नेछन् । कतार सरकारले दिएको यो अबसर बाट अबैध रूपमा बसोबास गरिरहेका नेपाली हरुले समेत फाइदा लिन सक्नेछन् । – बिनिता तिम्सिना