
काठमाडौ : कुवेत सरकारले कुवेतमा काम गर्ने घरेलु महिला कामदार (हाउसमेड) संगै अन्य क्षेत्रमा कार्य गर्ने कामदारहरुको तलबमान वृद्धि गर्ने भएको छ ।
कुवेतमा नेपालबाट धेरै जसो हाउसमेडको संख्या बढी छ ।
नेपालीहरुको लागि दुबई, मलेसिया, साउदी अ कतार पछि खाडी मुलुकको राम्रो गन्तब्यको रुपमा मानिएको कुवेत
सरकारको यो निर्णयले धेरै नेपालीलाई राहत हुने बुझिएको छ । तर कुवेत सरकारको यो घोषणा कहिले देखि लागू हुने र कति तलब वृद्धि हुने भन्ने कुरा अझै सार्वजनिक भने गरिएको छैन ।
केही मिडिया रिपोर्टले जनाए अनुसार कुवेत सरकारले तलब वृद्धि गर्न लागेको जनाएका छन् भने कतिपय मिडिया एजेन्सीले भने उक्त कुरा सत्य नभएको समेत बताउदै आएका छन् ।
यस्तोमा कुवेत सरकारको आधिकारिक धारणा नआए सम्म यसै भन्न नसकिने कुवेतमा रहेका नेपालीहरु बताउदै आएका छन् ।
तर पनि कुवेत सरकारले नेपाली कामदारको न्युनतम तलब वृद्धि हुनेमा भने ढुक्क रहेको बताउदै आएका छन् ।