
वैशाख ६, काठमाडौं : कतारमा २१ जना नेपालीले क्षमादान पाएका छन् । कतारका अमिर मौसूफ शेख तमिम बिन हमाद अल थानीले इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमादानको
अवसरमा कतारस्थित कारागारहरूमा विभिन्न कसुरमा सजाय पाई बन्दी जीवन विताइरहेका २१ जना नेपालीहरूलाई क्षमा-दान दिएका हुन् । कतारस्थित नेपाली दूतावासका अनुसार क्षमादान
पाउनेहरूमा ३ जना यौनजन्य क्रियाकलापमा स-जाय भोगिरहेका नेपाली छन् । त्यस्तै ११ जना चो-रीजन्य क्रियाकलाप गरेका, २ जना मा-दकपदार्थ बिक्री वितरण गरेका र ५ जना आर्थिक
हिनामिना गरेको कसुरमा दोषी ठहर भएर सजाय भोगिरहेका नेपाली छन् । क्षमादान पाएका व्यक्तिलाई सम्बन्धित निकायले जानकारी गराउने प्रक्रियामा रहेको दूतावासले जनाएको छ ।