
दोहा : रोजगारी भिसामा कतार गएर विभिन्न कारणले कतारी आईडी प्राप्त नगरेका वा नविकरण हुन नसकी अ’वैध रुपमा काम गरिरहेका नेपालसहित विदेशी श्रमिकका लागि आम माफी योजनाको म्याद थप गरिएको छ ।
कतार सरकारले त्यहाँ रहेका नेपालसहित विदेशी श्रमिकको अवैधानिक बसाईलाई कानूनी हौसियत नियमित गर्ने समय बढाएर १७ वैशाखसम्म थप गरेको हो । कतारको आन्तरिक मामिला मन्त्रालयले कागजातविहीन विदेशी श्रमिकका लागि स्वदेश फर्कने वा रोजगारी नियामित गर्न सक्ने २ विकल्प दिएर आम माफीको घोषणा गर्दै आएको छ ।
विभिन्न कारणले लामो समयदेखि बिना कागजात काम गरिरहेका श्रमिकलाई कुनै रोजगारदाता कम्पनीबाट ‘जब अफर लेटर’ लिई आवश्यक कागजातसहित तोकिएका सेवा केन्द्रबाट वैधानिक हुन सक्ने जनाइएको त्यहाँ स्थित नेपाली दूतावासका द्वितीय सचिव प्रविन भट्टराईले जानकारी दिएका छन् ।
यसका लागि कतार सरकारले तोकेका ५ वटा सेवा केन्द्रमा गएर हालसम्मको जरिवाना छुट तथा मिनाहा गरी कम्पनीमा रोजगारीका लागि कागजात नियमित गर्न सक्ने जनाइएको छ ।
कतार स्थित नेपाली दूतावासले कतारको आप्रवासी आगमन र प्रस्थान तथा उनीहरुको आवास नियमन गर्ने सन् २०१५ को कानून नम्बर २१ उल्लंघन गरेका अवै-ध आप्रवासीको कानूनी हैसियत संशोधन गरी नियमित गर्ने अव-धी आगामी ३० अप्रिलसम्म थप गरिएको जनाएको छ ।
कतारको आन्तरिक मामिला मन्त्रालयले आवासिय नियम तथा रोजगार भिसाको नियम उल्लंघन गरेका नेपालीले थप समावधि बढाएको जनाएको छ । कतार सरकारले वर्षेनि त्यहाँ रहेका रोजगारदाता र विदेशी श्रमिकका लागि आम माफीको अवसर दिँदै आएको छ ।
कतारको आन्तरिक मामिला मन्त्रालयले अ-वैध आप्रवासी वा रोजगारदाताले सर्च एन्ड फलोअफ डिपार्टमेन्टमा सेटलमेन्ट निवेदन पेश गरेर वैधानिक हैसियत प्राप्त गर्नुपर्ने नियम बनाएको नेपाली दूतावासले जनाएको छ । यसमा एक रोजगारदाताबाट अर्को रोजगारदातामा स्थानान्तरण हुन चाहने अवैध विदेशी श्रमिकले कतार भर रहेका ५ वटा सर्च एन्ड फलो–अप डिपार्टमेन्ट आवेदन दिन सकिने उल्लेख छ ।
यसका लागि रोजगारदाता परिवर्तनका लागि सलाल, अल रयान, मेसाइमिर, अल वाक्रा वा उम्म सुनाइमस्थित सेवा केन्द्रमा दिन सकिने कतारको आन्तरिक मन्त्रालयले जनाएको छ । यसैगरी साबिकका रोजगारदाता अन्तर्गतको आवास अनुमति जारी वा नवीकरणको आवेदन लिने सेवा केन्द्रमध्ये अल समाल, अल खोर, अल दायेन, उम्म सलाल, द पर्ल, ओनाइजा, सुक वाफिक, अल रयान, उम्म सुनाइम, अल सहानियाँ, मेसाइमिर, अल वाका वा दुखानका कुनै एक सेवा केन्द्रमामा जान सकिने जनाइएको छ ।
सो कानुन उल्लंघन गरेका सबै आप्रवासी श्रमिक, रोजगारदाता तथा प्रायोजकलाई सर्च एन्ड फलोअप डिपार्टमेन्ट सेन्टरमा सहयोगका लागि आवेदन पेस गरी संशोधनको रकम वा माफीको सुविधा लिन सकिन्छ । कानुनी है-सियत संशोधनको लागि आवास नियम उल्लंघन गरेका आप्रवासी, कार्य भिसा नियम उल्लंघन
गरेको आप्रवासी, पारिवारिक भ्रमणसम्बन्धी नियम उल्लंघन गरेका विदेशीले लाभ लिन सक्ने उल्लेख छ । वैदेशिक रोजगारीका लागि कतार दोस्रो श्रम गन्तव्य भएपनि त्यहाँ कति नेपाली अ-वैध रहेको भन्नेबारे दूतावासले तथ्यांक भने सार्वजानिक गरेको छैन ।
गोपाल संग्रौला कारोवार