२०७९ जेष्ठ ८ आईतवार
  • काठमाडौँ

बंगलादेश बाट कामदार नल्याउन मलेसियामा मजदुर संगठनहरूको माग, नेपालीलाई फाइदा हुने !

काठमाडौं : नेपाली कामदारको प्रमुख र आकर्षक गन्तब्य रहेको मलेसियामा बिदेशी कामदारको माग खुलेसंगै बंगलादेशबाट धेरै कामदार मलेसियाबाट जाने चर्चा चलिरहेकै

बेला मलेसियामा बंगलादेशका कामदार ल्याउने विषयमा मतभिन्नता देखा परेको छ । मलेसियाको ट्रेड युनियन कंग्रेस (एमटीयुसी)ले यसै महिनादेखि मलेसिया आउने अपेक्षा गरिएका ५ लाख बंगलादेशी कामदारको प्रवेशमा ढिलाइ गर्न सरकारसँग आग्रह गरेको छ ।

एमटीयुसीका महासचिव कमरुल बहरिन मन्सोरले ठूलो संख्यामा हुने विदेशी कामदारहरूको आगमनले स्थानीय कामदारले राखेका जायज मागहरू सम्बोधनमा समस्या सिर्जना गर्ने बताएका छन् ।

एमटीयुसीले यसअघि सन् २०१५ मा १५ लाख कामदार भर्नाको प्रसंग चल्दा पनि स्थानीय कामदार शोषणमा पर्ने भन्दै ठूलो संख्यामा बंगलादेशी कामदार ल्याउन नहुने अडान राखेको थियोे ।

मलेसियाको कतिपय क्षेत्रमा बंगलादेशी कामदार नेपाली कामदारका प्रतिस्पर्धी मानिन्छन् । मलेसियन ट्रेड युनियन कांग्रेसले ठूलो संख्यामा बंगलादेशी कामदार ल्याउन भन्दा स्थानीय मलेसियन कामदारहरूलाई तालिम दिन र तिनीहरूलाई आकर्षित गर्न तलब स्केल बढाउन सुझाव दिएको छ ।

मलेसियामा सात वर्षअघिदेखि स्थानीय कामदारलाई रोजगारीमा आकर्षित गर्ने गृहकार्य भएपनि सरकार सफल हुन सकेको छैन । मलेसियामा सवारी चालक, सुपरभाइजर, क्लर्क, आदि

क्षेत्रमा विदेशी कामदार रोक्नुपर्ने आवाजलाई मजदुर संगठनहले चर्काेरूपमा उठाउने गरेका छन् । मलेसियामा गत अप्रिल पहिलो तारेखसम्ममा करीब पाँच लाख विदेशी कामदार भर्नाको माग भएको त्यहाँको मानव संशाधन मन्त्रालयले जनाएको छ ।

२०७९ बैशाख ५, सोमबार प्रकाशित 0 Minutes 159 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार