२०८० जेष्ठ २५ बिहीबार
  • काठमाडौँ

अवैध रूपमा अमेरिका प्रवेश गर्न लागेका दुई लाख १० हजार आप्रवासी समातिए !

अप्रिल १७, वासिङटन : अमेरिकाले मेक्सिकोको सीमाबाट अवैध रूपमा आफ्नो देश प्रवेश गर्न खोज्ने दुई लाख १० हजार आप्रवासीलाई गिर-फ्तार गरेको छ ।

अमेरिकी सीमा अधिकारीहरूले मार्च महिनामा मात्रै सो संख्यामा आप्रवासी गिर-फ्तार गरेका हुन् । यो संख्या एकै महिनामा पक्रा-उ परेको दुई दशकयताकै सबैभन्दा धेरै हो भने गत वर्षको भन्दा २४ प्रतिशतले बढी हो ।

गत वर्ष मार्चमा एक लाख ६९ हजार आप्रवासी समातिएका थिए । हालैका महिनाहरूमा अमेरिका–मेक्सिको सीमामा भेटिएका आधाभन्दा बढी आप्रवासीहरू पहिलेदेखि नै पठाउँदै आएका मेक्सिको, ग्वाटेमाला, होन्डुरस र एल साल्भाडोरका हुन् ।

तर, युक्रेन र रुसलगायत धेरै टाढाका ठाउँहरूबाट पनि आप्रवासीहरू अमेरिका प्रवेश गर्ने क्रम बढेको छ ।
आप्रवासीको विषय अमेरिकी राष्ट्रपति जो बाइडेनका लागि चुनौ-तीपूर्ण हुने देखिएको छ ।

उनले आफ्ना रिपब्लिकन पूर्ववर्ती राष्ट्रपति डोनाल्ड ट्रम्पको कट्टरपन्थी आप्रवासी नीतिबाट पछाडि फर्कने वाचा गरेका थिए । तर, सीमा पार गर्न खोज्ने उच्च संख्यासँग परिचालन र

राजनीतिक रूपमा संघर्ष गर्नुपरेको छ । रिपब्लिकनहरूले ट्रम्पकालीन नीतिहरूबाट पछि हट्ने बाइडेनको कदमले अवै-ध आप्रवासनलाई प्रोत्साहित गरेको आ-रोप लगाउने गरेका छन् । रोयटर्सबाट ।

२०७९ बैशाख ४, आईतवार प्रकाशित 1 Minute 176 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।