
काठमाडौ : साउदीमा अल-पत्र २ सय भन्दा बढी नेपाली उद्धारको पर्खाइमा रहेका छन् । विभिन्न समयमा साउदी अरब पुगेका पी-डितहरू सम्झौता अनुसारको काम र तलब नपाउँदा अल-पत्र परेका हुन् ।
काठमाडौँको सिनामंगलस्थित ब्लु ग्यालेक्सी ओभरसीज प्रालीमार्फत विगत दुई महिनाअघि गएका १ सय ३० नेपाली युवा उद्धारको पर्खाइमा रहेको र आफूसहित ५ जनालाई जे-द्धामा लगेर अल-पत्र पारेको शेख नुरमहमदले बताए ।
ब्लु ग्यालेक्सीका सञ्चालक हिमहरी अर्याल उनीहरूको समस्या समाधान गर्नको लागि साउदी पुगेको भए पनि अहिलेसम्म कुनै पहल नगरेको गुना-सो गरे म्यानपावरका सञ्चालकले जेद्धा आउने भनेको तर सम्पर्क गर्दा फोन नउठाउने गरेको उनले सुनाए ।
भोक भोकै अर्काको कोठामा शरण लिएको पनि जनाए।
काठमाडौँको चक्रपथमा रहेको नासा ह्युमन रिसोर्स प्रालि र बसुन्धरामा रहेको बिगेस फोरेग्न इम्पोईमेन्ट प्रालिमार्फत
साउदीमा रहेको अल बादर इन्टरनेशनल ओपे-रेशन एंड मेनटीनेन्स कम्पनीमा होटेलको काममा भनेर पठाइएका ४० भन्दा बढी नेपाली युवा पनि उद्धारको पर्खाइमा छन् ।
म्यानपावरलाई प्रति व्यक्ती १ लाख ५० हजारदेखि १ लाख ७५ हजारसम्म बुझाएर साउदी पुगेका उनीहरूलाई कम्पनीले तीन महिनादेखि काम नदिएपछि कोठामै अल-पत्र परेको पीडि-त हिरालाल स्याङ्तानले बताए ।
काठमाडौँको गैरीधारास्थित एचआर इन्टरनेशनल इम्पोईमेन्ट सेर्विसमार्फत साउदीमा रहेको फाक्ट्री नुरह मुसफिर बिन हुसयन अल फिथ फर मेनुफाक्चरिङ्ग कम्पनी र दूध फाक्ट्री काममा भनेर पठाइएका अरू २९ जना भन्दा धेरै नेपाली युवा पनि
म्यानपावर कम्पनीले भने अनुसारको काम दिलाउन नसक्दा अलपत्र परेका छन् । म्यानपावरले पटक-पटक काम दिलाई दिने भन्दै झुक्काउने गरेको उनीहरूको भनाइ छ ।
म्यानपावरका सञ्चालक नरेश गेलालले भने ठुलो सुपर मार्केटमा काम लगाउने तयारी भइरहेको र चाँडै समस्या समाधान हुने आश्वासन दिए। उनीहरूलाई काम लगाउनेबारे दूतावास र कम्पनीसँग समन्वय भइरहेको र रामदानका कारण केही ढिलाइ भएको बताए ।
योगेन्द्र योगी खबहरब