२०८० जेष्ठ २२ सोमबार
  • काठमाडौँ

अध्यागमनले नेपाल आउने बिदेशीलाई नगद डलर नै लिएर आउ भनेपछि…

बैशाख ४, काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले पर्यटकहरुलाई नगद नै बोकेर आउन पर्यटकलाई अनुरोध गरेको छ ।

विद्युतीय भुक्तानी प्रक्रियामा समस्या रहेको भन्दै अध्यागमन कार्यालयले सार्वजनिक सूचना जारी गरेको थियो ।
विमानस्थलमा आएका पर्यटकले अनएराइभल भिसाबापत २०० डलर वा सो बराबरकोे विदेशी मुद्रा तिर्नुपर्छ ।

तर, आजभोलि विदेशी पर्यटकले मास्टर कार्ड, भिसा कार्ड तथा विद्युतीय कारोबार लिएर आउँछन् । तर, विमानस्थलको प्रणालीले काम नर्दा यस्तो भुक्तानीमा समस्या भइरहेको अध्यागन कार्यालयले जानकारी दिएको छ ।

सोही कारण पर्यटकलाई २०० अमेरिकी डलर वा सो बराबरको विदेशी मुद्रा नगदमै बोक्न आग्रह गरेको हो । पछिल्ला दिनमा विदेशबाट आउने पर्यटक बढेको र विमानस्थलभित्र

एउटा मात्रै एटीएम मेसिन रहेकाले पर्यटकहरुलाई भुक्तानीका लागि नाइन बस्नुपर्ने झन्झट छ । सोही कारण नगदनै बोकेर आउन भनिएको अध्यागमनले जनाएको छ ।

२०७९ बैशाख ४, आईतवार प्रकाशित 0 Minutes 343 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।