२०८० मंसिर १८ सोमबार
  • काठमाडौँ

हुण्डीबाट रकम नपठाउन साउदी दूतावासको आग्रह

रियाद साउदी : साउदी अरबस्थित नेपाली दूतावासले आधिकारिक मनी ट्रान्सफर कम्पनीमार्फत रकम नेपाल पठाउन नेपाली समुदायको ध्यानाकर्षण गराएको छ ।

दूतावासले एक विज्ञप्ति जारी गर्दै बैंकिङ वा आधिकारिक ट्रान्सफर माध्यमबाट रकम पठाउँदा सुरक्षित, भरपर्दो हुने स्मरण गराउँदै बैंक खाता नभए खाता खोल्न र आफ्नो खातामा पैसा पठाउने बानीको विकास गर्न समेत अनुरोध गरेको छ ।

नेपालबाट वैदेशिक रोजगारमा गएकाहरुले मनी ट्रान्सफर वा बैंकिङ माध्यमबाट स्वदेश रकम पठाउने कानूनी व्यवस्था भएपनि व्यापारीले बिना शुल्क तथा छिटो रकम घरमा पु¥याइदिने र कुनै कमिसन नलाग्नेलगायतका प्रलोभनमा परेर विदेशी मुद्रा हात पार्ने गरेका छन् । त्यसले नेपालले पाउने विदेशी मुद्रा घटेको छ ।

हुण्डी, हवालालगायतका माध्यमबाट स्वदेशमा रकम पठाउनु अवैधानिक मात्रै नभएर असुरक्षित पनि रहेको भन्दै दूतावासले अनौपचारिक माध्यमबाट रकम पठाउने र प्राप्त गर्ने व्यक्तिसमेत जुनसुकै समयमा समस्यामा पर्न सक्ने विज्ञप्तिमा उल्लेख गरेको छ ।

बैंकिङ प्रणालीमार्फत पठाइएको रकम नेपालको कानून अनुसार कुनै सम्पत्ति खरिद गर्न वा व्यवसाय गर्न आम्दानीको स्रोतको रुपमा देखाउन सकिने विषयमासमेत दूतावासले ध्यानाकर्षण गराएको छ । मध्यान्ह

२०७९ बैशाख ३, शनिबार प्रकाशित 0 Minutes 197 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।