२०८० आश्विन १२ शुक्रबार
  • काठमाडौँ

साउदीमा कामदार भिसामा गएर मालिक बन्न खोजे लाखौं जरिवाना !

रियाद साउदी : साउदी अरबले कामदारको भिसामा आएर कम्पनी बाहेक व्यक्तिगत फाइदाका लागि काम गरे १ लाख साउदी रियल करिब ३० लाख रूपैयाँ जरि-वाना गर्ने भएको छ ।

साउदी अरबको पासपोर्ट निर्देशनालय (जवाजात) ले रोजगार भिसामा आएर व्यक्तिगत फाइदाका लागि व्यापार वा अन्य काम गर्ने प्रवृत्ति बढेपछि यस्तो चेतावनी दिएको हो ।
(साउदी टाईजेशन) अर्थात रोजगारी व्यापारका काममा

स्थानीय साउदी नागरिकलाई प्राथमिकता दिने नीति लिएको साउदी अरबले आप्रवासी कामदार घटाउँदै लैजाने बताएको छ । सोही अनुसार आप्रवासीलाई भिसामा तोकिए बाहेकको काममा सीमित गराउन थालेको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

साउदी सरकारले व्यक्तिगत फाइदाका लागि काम गर्ने आप्रवासीलाई गर्ने जरि-वाना रकममा पनि वृद्धि गरेकोे छ । साउदी प्रेस एजेन्सीलाई उदृत गर्दै गल्फ न्युजले नियम उल्लंघन गरेकोे ठ-हरिएका व्यक्तिहरूलाई पाँच वर्षका लागि

रोजगारीमा प्रति-बन्ध गर्ने र दो-षी रोजगारदाता कम्पनी विदेशी भएको अवस्थामा देश निकालासम्मको कारबाही हुने उल्लेख गरेको छ ।

यसअघि रहेको ५० हजार रियाल जरिवानालाई दोब्बर बनाई १ लाख रियालसम्म जरिवाना गर्ने र रोजगारदाता कम्पनीलाई ५ वर्षसम्म कुनै विदेशी नयाँ कामदार ल्याउन नपाउने गरी प्रतिबन्ध लगाइने बताएको छ ।

करिब ३ लाख ५० हजारको हाराहारीमा नेपाली कामदार कार्यरत रहेको साउदी अरबमा केही नेपाली व्यापार र सेवा क्षेत्रमा भएपनि अधिकांश नेपाली तलब कम र जो-खिमपूर्ण मानिने निर्माण क्षेत्रमा कार्यरत रहेका छन् ।

२०७९ बैशाख २, शुक्रबार प्रकाशित 1 Minute 196 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।