
क्वालालम्पुर : मलेसिया सरकारले अब सरकारले तोकेको न्युनतम तलब नदिने कम्पनीलाई कार-बाही गर्न सुरु गरेको छ ।मलेसिया सरकारले तोकेको न्युनतम तलब नदिने काम्पनिलाई
छापा हानेर कारबाही अगाडि बढाएको छ । मलेसिया सरकारले दैनिक रुपमा छापा हानेर अनुगमन गर्दै आएको छ भने न्युनतम तलब नदिने कम्पनीलाई कार-बाही गर्दै आएको छ ।
मलेसियाको राजधानी क्वालालम्पुरबाट एक घन्टाको यात्रापछि पोर्ट केलाङमा रहेको औद्योगिक क्षेत्रमा रहेको सामसुङ मलेसिया कम्पनीले कामदारलाई उत्कृष्ट सुबिधा दिने कम्पनीमा परेको छ । सामसुङ मलेसिया कम्पनीले २०२२ जनवरी देखिको महिना
देखिकै लागू हुनेगरी बेसिक तलब १७ सय पुराएको छ ।
यो घोषणा संगै अन्य कम्पनीलाई अब बेसिक तलब १४ सय बनाउनै पर्ने दबाब सृजना भएको छ भने अन्य ठुला कम्पनीलाई पनि तलब सुबिधा बढाउन द-बाब आएको छ ।