
क्वालालम्पुर : मलेसियाबाट नेपालीहरू लागि खुसीको खबर आएको छ । मलेसियामा काम गरेका तर १८ मार्च २०२० देखि भिसा सकिएको र जान नपाएकाहरु सोही भिसामा मलेसिया जान सक्ने भएका छन् ।
मलेसियाको इमिग्रेसनले आज एक सुचना जारी गर्दै सो कुरा बताएको छ भने त्यस्ता ब्यक्ति मलेसिया पुन जानको लागि कम्पनीले reentry plks बाट अपलाइ गर्दिनु पर्ने हुन्छ ।
यो नियम लगाए संगै हजारौं नेपालीहरु लाभान्वित हुनेमा आशा गरिएको छ भने धेरै नेपालीहरु भिसा सकिएका कारण मलेसिया फर्किन पाएका थिएनन् ।
यस्तोमा मलेसियामा २०२० मा भिसा सकिएकाहरु पनि मलेसिया पुनः जान पाउने भए संगै नेपाली समुदाय खुसी भएका छन् । तर त्यसको लागी कम्पनीले तपाइको भिसा क्यान्सल नगरेको हुनुपर्ने छ ।