
चैत २९, काठमाडौं : वैदेशिक रोजगारीमा मलेशिया कामदारको मेडिकल परिक्षण शुल्कमा वृद्धि भएको छ।
अब कामदारले मेडिकल परिक्षण बापत ७ हजार
६६४ रुपैया तिर्नुपर्ने नेपाल स्थित मलेसियन दूतावासले बिज्ञप्ती जारी गर्दै जनाएको हो। दूतावासका अनुसार अब स्वास्थ्य परिक्षण शुल्क ४ हजार ५०० र मेडिकल प्रोसेसिङ चार्ज २ हजार ८०० रुपैया निर्धारण गरेकगरेको छ।
गत १२ कात्तिकमा दुई देश देश बीच भएको श्रम समझदारी अनुसारनै मेडिकल शुल्क वृद्धि गरिएको दूतावासले जनाएको छ।
उक्त शुल्कमा नेपाल स्थित मलेसियन दूतावासले मेडिकल प्रोसेसिङ चार्जमा १३% भ्याट बापत ३६४ रुपैया थप गर्ने जनाएको हो।
यो रकम परिक्षणको क्रममा कामदारले तिर्नुपर्ने छ। भने मेडिकलको सम्पुर्ण शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने सहमति भएको छ। – संदेश प्रवाह