२०८० जेष्ठ २२ सोमबार
  • काठमाडौँ

युएईको यो निर्णयले नेपालीलाई राहत !

चैत २९, काठमाण्डौ : दुबईले आवासीय भिसा भएका तर कोरोनाको कारण यूएई फर्कन नपाएका आप्रवासी श्रमिकको भिसा आउँदो डिसेम्बर ९ सम्म स्वतः बढाइदिने भएको छ ।

रोजगारी, जिवनस्तर र सहजताको लागि उपयुक्त रोजगारीको लागि मानिदै आएको युएईमा नेपालीहरुको संख्या उलेख्य रहेको छ । मिनि युरोपको नामले परिचित युएईमा सुरक्षा र सुबिधा संगै बेसिक तलबको कुरामा राम्रो रहेकोले युएई रोजगारीको

लागि नेपालीको लागि आकर्षण केन्द्रको रुपमा रहदै आएको छ । यस्तोमा कोरोना महामारीको कारण यूएईले यात्रामा प्रतिबन्ध लगाउँदा यूएई फर्कन्न नपाएका र यही अवधिमा भिसाको अवधि सकिएका आप्रवासी श्रमिकको भिसा अवधि आउँदो डिसेम्बर ९ सम्म स्वतः बढाइदिने भएको हो ।

कोरोना महामारीको कारण नेपाल, भारत, पाकिस्तान, श्रीलङ्का लगायतका देशका नागरिकलाई यूएईले यात्रामा प्रतिबन्ध लगाएको थियो । तर पछिल्लो समय गएको अगस्ट ५ देखि विभिन्न स्वास्थ्य सुरक्षाको मापदण्डसहित यूएईले प्रवेश खुला गरेको छ ।

जो प्रतिबन्धका कारण यसअघि यूएई फर्कन पाएनन् उनीहरूको आफ्नो भिसाको अवस्था अनलाइनमार्फत पनि जाँच गर्न सक्छन् । यूएई जानु पूर्व नै यात्राको लागि अनुमति लिनुपर्छ भने अन्य स्वास्थ्य सुरक्षाको मापदण्ड पनि अनिवार्य पालना गर्नुपर्छ ।

उता युएईकै दुबई राज्यले नेपाली नागरिकलाई खोप प्रमाणपत्र आवश्यक नहुने जनाएको छ । जसले गर्दा युएई फर्कने नेपालीको लागि ठूलो राहतको बिषय बनेको छ । तर दुबईले भने यात्रुले आफ्नो साइटमा गएर यात्राको विवरण भर्नु पर्ने जनाएको छ ।

२०७८ चैत्र २९, मंगलवार प्रकाशित 0 Minutes 219 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।