२०८० जेष्ठ २६ शुक्रबार
  • काठमाडौँ

साउदी अरबको अलमराई कम्पनीले बिदेशी कामदारको न्युनतम तलब वृद्धि गर्ने

रियाद साउदी : तेल उत्पादनको हिसाबले मात्रै नभएर अरम राष्ट्रको हिसाबले समेत शक्तिशाली रहेको साउदी अरबको केहि कम्पनीले आफ्ना कर्मचारीको तलबमा उल्लेख वृद्धि गर्ने जनाएको छ ।

जसमध्ये सबैभन्दा पहिला तलब वृद्धिको घोषणा गर्ने कम्पनीमा साउदीको अलमराई कम्पनी रहेको साउदी स्थित केही संचार माध्यमले जनाएको छ । अलमराई साउदीमा मात्रै नभएर साउदीबाट अन्य मुलुकमा ठूलो मात्रामा निर्यात गर्न सक्ने

कम्पनीको रुपमा रहेको छ । मिल्क तथा जुस जस्ता सफ्ट पेय पदार्थ उत्पादन गर्ने कम्पनी अलमराइले हालको तलबमा १०-१५ प्रतिशत सम्म तलब बृद्दिको घोषणा गरेको बताइन्छ ।
यस अघि नै साउदी अरबले सरकारी संस्थान तथा सरकारी

कार्यालयमा वा कम्पनीमा मात्रै नभएर प्राइभेट सेक्टरको कम्पनीमा पनि लागु हुने गरि तलब मापन बृद्दी गरिने जनाएको छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीको कुरालाई बिश्वास मान्ने हो भने साउदी अरबले छिट्टै नै अप्रावासी कामदारको तलबमा वृद्धि गर्ने छ । जसमा दक्ष ,अर्ध दक्ष र अदक्ष कामदार संगै घरेलु कामदार समेत पर्ने छन् ।

२०७८ चैत्र २८, सोमबार प्रकाशित 1 Minute 360 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।