२०८० मंसिर १८ सोमबार
  • काठमाडौँ

साउदी र यूएईले यमनलाई तीन अर्ब ५० करोड अमेरिकी डलर सहयोग गर्ने !

अप्रिल १०, रियाद : साउदी अरब र संयुक्त अरब इमिरेट्स यूएईले द्व-न्द्वग्र’स्त यमनलाई तीन अर्ब ५० करोड अमेरिकी डलर सहयोग गर्ने भएका छन् ।

यमनी राष्ट्रपति अब्द–रब्बु मनसुर हाडीको नेतृत्वमा रहेको परिषद्को गठनपछि यमनका लागि सहयोगको घोषणा गरिएको हो ।

साउदी अरब र यूएईले संयुक्त रूपमा प्रस्तावित दुई अर्ब डलर र संयुक्त अरब इमिरेट्स यमनको केन्द्रीय बैंकमार्फत यमनमा आधारभूत सहयोगका लागि रकम दिइने भएको हो।

यो सहयोग रकम पेट्रोलियम पदार्थ तथा विकास परियोजनामा खर्च गरिनेछ । यसैबीच, साउदी अरबले यमनी परिषद्लाई हुथी विद्रोहीसँग वार्ता सुरु गर्न आग्रह गरेको छ ।

२०७८ चैत्र २७, आईतवार प्रकाशित 1 Minute 295 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।