
अप्रिल १०, सोल : दक्षिण कोरियामा गत शनिबार मध्यरातसम्म अर्थात् २४ घण्टाको समयावधिमा को’रोना भा’इरसका एक लाख ६४ हजार ४८१ नयाँ सङ्क्र’मति थपिएका छन् ।
योसँगै कुल सङ्क्रमितको सङ्ख्या एक करोड ५३ लाख ३३ हजार ६७० पुगेको स्वास्थ्य अधिकारीहरुले आइतबार बताएका छन् । दक्षिण कोरियमा हाल अत्यधिक रुपमा को’रोना भा’इरस ओमि’क्रोन भेरि’यन्ट फैलिएको जनाइएको छ ।
गत २४ घण्टा भएमा सङ्क्र’मितमध्ये २८ हजार ९०१ जना सोलका बासिन्दाहरु रहेका छन् । ग्योन्गी प्रान्त र पश्चिमी बन्दरगाह सहर इन्चेनमा बसोबास गर्ने नयाँ संक्र’मितको संख्या क्रमशः ४२ हजार ३५३ र ८ हजार ५९४ रहेका समाचारमा जनाइएको छ ।
हाल गम्भीर अवस्थामा रहेका संक्र-मितको संख्या अघिल्लो दिनको तुलनामा १५ ले बढेर १ हजार ११४ पुगेको छ ।
को’भिड–१९ बाट थप ३२९ जनाको मृ-त्यु भएको पुष्टि भएसँगै हाल दक्षिण कोरियामा को’रोनाबाट कुल मृ’तकको संख्या संख्या १९ हजार ४२१ पुगेको छ ।
कुल मृ-त्युदर ०.१३ प्रतिशत रहेको समाचारमा जनाइएको छ । यहाँ चार करोड ४५ लाख १४ हजार ४६२ जनाले को-रोना भाइरसवि-रुद्ध खोपको दुई डोज प्राप्त गरेका छन् कोरो-नाको दुई डोज प्राप्त गर्ने यो संख्या कुल जनसंख्याको ८६.७ प्रतिशत भएको समाचारमा जनाइएको छ ।