
चैत २७, काठमाडौं : चर्चित भारतीय कमेडियन भारती आफ्नो बच्चालाई लिएर अस्पतालबाट घर फर्केकी छिन् ।भारती र उनका पति हर्ष लिम्बाचियाले अस्पतालबाहिर
सञ्चारमाध्यमलाई पोज दिएका हुन् ।भारतीले प्र’सूतिपछि अस्पतालबाट एक तस्विर पोस्ट गरेकी थिइन् । उनको डे’लिभरी अघिको भिडियो उनको युट्युब च्यानलमा पनि उपलब्ध छ ।
अहिले भारतीको बच्चाको तस्विर र भिडियो हेर्न मानिसहरु आतुर छन् । अनुहार नदेखिए पनि अस्पताल बाहिर झलक देखिएको छ ।उनका फ्यानहरुले भारतीलाई बधाई तथा शुभकामना दिइरहेका छन् ।
भारती हुनरबाज कार्यक्रमलाई होस्ट गर्दै थिइन् । अब उनी केही दिनको लागि विदामा छिन् ।उनको ठाउँमा हर्षसँगै सुरभी चन्दना शोको होस्ट हुनेछिन् । भारतीले अप्रिल ३ मा छोरालाई जन्म दिएकी थिइन् ।
अहिले उनी बच्चा लिएर घर फर्किएकी छिन् ।अस्पताल बाहिरका तस्विर भाइरल भइरहेका छन् ।Nजसमा हर्षले बच्चालाई हातमा समातेको देखिन्छ । भारतीले फोटोग्राफरहरूलाई पोज दिँदै सोधिन्, ‘तिमीहरु खुसी छौ ।’
त्यसमा जवाफ आयो कि उनीहरु खुसी छन् ।कोही काका कोही मामा भए । भारतीले इन्स्टाग्राममा एउटा तस्विर पनि पोस्ट गर्दै बच्चाकी आमाले घरमै खाना खाने कुरा खानेछिन् भनेर लेखेकी छिन् ।
उनले अर्को तस्विरसँग अब उठ्नु पर्दैन भनेर क्याप्शन दिएकी छन् ।भारती डेलिभरीको अघिल्लो दिनसम्म काममा जाँदै थिइन् ।उनले दुई दिनअघि एउटा भिडियो सार्वजनिक गरेकी थिइन्, जसमा उनले आफूलाई पीडा भए पनि कसैलाई नभनेको बताएकी थिइन् । त्यो भिडियो बनाएको दुई दिनमै भारतीले छोरालाई जन्म दिइन् ।