
चैत २५, काठमाडौं : अवै-ध रुपमा टर्कीबाट युरोपेली देश ग्रिस प्रवेश गर्न खोजेका ३७ नेपालीलाई स्थानीय प्रहरीले प-क्राउ गरेको छ।
टर्कीबाट प्रकाशित हुने सञ्चारमाध्यमका अनुसार अप-रेसनको क्रममा बेयोग्लु, इस्तानबुलबाट ३७ जना नेपालीलाई सुटकेससँगै प्रहरीले निय-न्त्रणमा लिएको हो। उनीहरु ग्रीस भाग्ने तयारीमा थिए।
इस्तानबुलको बेयोग्लु प्रहरीको टोलीले गस्ती गरिरहेको बेलामा कल्योन्कु कुल्लुगु जिल्लाको एउटा घरमा धेरै विदेशी नागरिक रहेको सूचना प्राप्त गरेको थियो।
सूचना पाएलगत्तै उक्त स्थानमा गएको प्रहरी टोलीले बाहिरबाट गरिएको निरिक्षणमा भित्र मानिस भएको पत्ता लगाएको थियो।
त्यसलगत्तै छापा मा-र्ने क्रममा देखिएको दृश्यले प्रहरी टोली नै छक्क परेको थियो।
३७ जना नेपाली त्यो घरका विभिन्न कोठामा थिए। उनीहरु सुटकेस प्याक गरी रातको समयमा ग्रीस भाग्न तयारी अवस्थामा थिए। पक्रा-उ परेका ती नेपालीलाई अस्पतालमा लगि स्वास्थ्य परीक्षण गरिसकेपछि सुरक्षित स्थानमा लगिएको थियो।
पक्राउ परेका उनीहरुलाई निष्का-सन केन्द्रमा पठाइएको छ।
पछिल्लो समय टर्कीबाट युरोपेली मुलुकमा प्रवेश गर्न चाहने अवै-ध आप्रवासीको संख्या दिनानुदिन बढ्दै गएको छ। आप्रवासीको संख्या बढेसँगै सुरक्षा बलको निरी-क्षण कार्यलाई ति-ब्रता दिइएको समेत बताइएको छ।