२०८० आश्विन ५ शुक्रबार
  • काठमाडौँ

साउदी सरकार एक्सनमा – नेपाली सहित १२ हजार ८९९ एक हप्तामा पक्राउ !

साउदी अरब : साउदी सरकारले साउदीमा अवैध ढंगले बसोबास गरिरहेका १२८९९ विदेशी नागरिकहरुलाई प’क्राउ गरेको छ ।साउदी सरकारको आन्तरिक मामिला मन्त्रालयका अनुसार

विभिन्न एकाइहरुद्वारा संयुक्त रुपमा चलाईएको अप्रेसनको क्रममा ठुलो संख्यामा ईलिगल बसिरहेका विदेशीहरु प-क्राउ परेका हुन्। उनीहरुलाई साउदीको विभिन्न ठाउँवाट उनीहरुलाई प-क्राउ गरिएको हो ।

पक्राउ परेका मध्य ४१३० जना साउदीको अनुमती नलिई बसोबास गरिरहेका, ७७२१ जना सिमा सुरक्षा कानुन तोडेका र १०४८ जना श्रम कानुन तोड्नेहरु छन् । त्यस्तै अन्य ३२२ जनालाई सीमा पार गर्न खोजिरहेको अवस्थामा गिरफ्तार गरीएको थियो।

पक्राउ पर्ने मध्य ४९% यमनी, ४९ इथियोपियाली र बाँकी २% अन्य राष्ट्रहरु छन् । ५१ प्रतिशत उलघनकर्ताहरु सीमा पार गर्न को लागी साउदी अरब बाट बाहिर जान खोजीरहेका थिए ।

अवैध कामदारहरुलाई यातायातको व्यवस्था गर्ने र लुकाउनको लागी सहयोग गर्ने अन्य ५ जना व्यक्तिहरु पनि पक्राउ परेका छन् । हाल पक्राउ परेका १२८९९ सहित जम्मा ७०६०८ जना अवैध बसोबास गर्नेहरुलाई साउदी सरकारले एकैचोटी कारबाही चलाउने जनाएको छ ।

टि मध्ये ५८७१६ जना पुरुष छन् भने ११८९२ जना महिलाहरु छन् । आन्तरिक मन्त्रालयक अनुसार राज्यमा घु-सपैठि गर्नको लागी सहज बनाउने, घु-सपैठ गरेका वा अवै-ध बसेकाहरुलाई

यातायात सुबिधा उपलब्ध गराउने, लुक्न सघाउने वा त्यस्ता व्यक्तिहरुलाई कुनै पनि प्रकारको सहयोग गर्ने वा सेवा दिनेलाई १५ बर्ष सम्म जेल सजाय र अधिकतम १० लाख रियाल सम्मको जरिवाना हुनेछ र त्यस्ता काममा प्रयोग भएका आवास भवन र सवारीसाधनको समेत जफत हुनेछ ।

२०७८ चैत्र २३, बुधबार प्रकाशित 1 Minute 291 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।