२०८० जेष्ठ २५ बिहीबार
  • काठमाडौँ

नेपालबाट मलेसिया जादा नयाँ नियम, यस्तो छ नयाँ मापदण्ड !

अप्रिल ६, काठमाण्डौ : तपाईँ मलेसिया यात्रा गर्दै हुनुहुन्छ ? यदि गर्दै हुनुहुन्छ भने मलेसिया सरकारले पछिल्लो समय लागू गरेका मापदण्ड र गर्नु पर्ने प्रक्रिया पूरा गरेर मात्र जानुहोस् ।

कोरोना महामारीको कारण लामो समयदेखि अन्तर्राष्ट्रिय सीमा नाका मलेसियाले अप्रिल १ देखि खुलाएको छ । तर यात्रुले गर्ने नियम भने कडा परेको छ । मलेसियामा रहेको नेपाली दूतावासका अनुसार मलेसिया जान चाहनेहरूले अनिवार्य

रूपमा माइसेजातारा एप डाउनलोड गर्नुहोस् । यो एप डाउनलोड गरी त्यसलाई रजिस्टर र या-क्टिभेट गर्नुहोस् । त्यसपछि ट्राभल आइकनमा थिचेर ‘ट्राभल फर नेम’ पूरा भर्नुहोस् ।

तपाईँसँग जाने कोही आश्रित छन भने त्यो पनि थप्न सक्नुहुन्छ । ‘प्री डिर्पाचर फारम’ भरेपछि ‘सबमीट’ थिच्नुहोस् । ‘प्री डिपा-र्चर फारम’ पेस भएपछि तपाईँले लगाएको खोपको आधारमा विभिन्न ट्राभल कार्डहरू उपलब्ध हुन्छन् ।

जस्तै खोपको मात्रा पूरा लगाएको छ भने निलो र पूरा मात्रा नलगाएकाहरूको रातो कार्ड उपलब्ध हुन्छ । कोरोना विरुद्धको पूरा खोप लगाएर मलेसिया यात्रा गर्ने यात्रुले मलेसिया जानुभन्दा दुई दिन अघि पीसीआर परी-क्षण गर्नुहोस् र त्यसको रिपोर्ट लाई अपलोड गर्नुहोस् । मलेसिया पुगेको २४ घण्टाभित्र कोरोनाको एन्टिजेन परीक्षण गर्नुपर्छ ।

यदि रिपोर्ट पो-जेटिभ आएमा ७ दिन क्वरे-ण्टीन बस्न पर्छ । यदि रिपोर्ट नेगेटि-भ आएमा क्व-रेटीन बस्न पर्दैन । २४ घण्टा भित्र एन्टिजेन परीक्षण गर्न नसक्नेहरूले ५ दिनको क्वरेण्टीन बस्नपर्छ । पूरा खोप नलगाई यात्रा गर्ने यात्रुले पनि मलेसिया पुगेपछि पाँच दिन क्वरेण्टी-नमा बस्न पर्छ ।

एपमा रातो वा निलो टिक लागेको कार्ड विमानस्थलमा ‘चेक इन’ गर्ने बेलामा पनि देखाउन पर्छ । यदि ‘चेक इन’ को समयमा एपमार्फत यो कार्ड देखाउन नसकेमा ‘चेक इन’

प्रक्रिया नै नहुने हिमालय एयरलाइन्सले सूचना निकालेको छ ।
यस्तै को-रोना महामा-रीको समयमा यात्रुले गर्नु पर्ने छोटो समयको बिमा पनि गर्नु पर्ने छ । कति दिनसम्मको बिमा गर्नुपर्ने भनेर तोकिएको छैन ।

२०७८ चैत्र २३, बुधबार प्रकाशित 1 Minute 186 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।