२०७९ जेष्ठ ७ शनिबार
  • काठमाडौँ

श्रीलंकापछि अर्को देश पनि टाट पल्टियो !

चैत२३, काठमाडौं : लेबनानका उपप्रधानमन्त्री सदेह अल शामीले आफ्नो देशलाई टाट पल्टिएको घो-षित गरेका छन् । देशसँगै केन्द्रीय बैंक पनि टाट पल्टिएको शामीले बताए ।

लेबनानको मुद्रा लेबनानी लिराको मूल्य मा 90 प्रतिशतले गिरावट आएको छ। संयुक्त राष्ट्रसंघले लेबनानको ८२ प्रतिशतभन्दा बढी जनसंख्या गरिब भएको बताएको छ ।स्थितिबारे बोल्दै शामीले साउदी अरेबियाको च्यानल अल-

अरेबियालाई भने ‘नोक्सा-नीको भर्पाइको जिम्मा देश, केन्द्रीय बैंक बान्के डु लिबान, बैंक र निक्षेपकर्ताहरूको हुनेछ ।
कसले कति मुआब्जा दिने भन्ने विषयमा कुनै निर्णय भइसकेको छैन ।’लेबनानका उपप्रधानमन्त्रीले भने, ‘दु’र्भाग्यवश केन्द्रीय बैंक र देश टाट पल्टिएको छ ।

हामी यसको समाधान खोज्न चाहन्छौं। दशकौंदेखि लागू नीतिका कारण यस्तो भएको हो । यदि हामीले केहि गरेनौं भने ठूलो क्षति हुनेछ। शमीले आफ्नो कुरा जारी राख्दै भने, ‘यो यस्तो तथ्य हो जसलाई बेवास्ता गर्न सकिँदैन ।

हामी परिस्थितिलाई पछाडि फर्काउन सक्दैनौं। हामी सबै मानिसहरूलाई बैंकबाट पैसा निकाल्ने व्यवस्था गर्न सक्दैनौं।’ उनले आर्थिक सहयोगका लागि लेबनान अन्तर्राष्ट्रिय मुद्रा कोषसँग सम्पर्कमा रहेको बताए ।

शमीले भने, ‘हामी आईएमएफसँग वार्ता गरिरहेका छौं । हामी उहाँहरुसँग दिनहुँ कुरा गरिरहेका छौँ र वार्तामा धेरै प्रगति पनि भएको छ ।’लेबनान दुई वर्षभन्दा बढी समयदेखि आर्थिक संकटसँग जुधिरहेको छ। लेबनानको यो संकट आधुनिक युगमा विश्वको सबैभन्दा गम्भीर आर्थिक सं’कटमध्ये एक हो।

यो सं’कट अक्टोबर २०१९ मा सुरु भएको थियो । देशको यो दुर्दशामा सत्तारुढ दलभित्र फैलिएको भ्रष्टाचार र कुप्रबन्धनलाई दोष लगाइएको छ । लेबनानी सरकारले देशको बि-ग्रँदै गएको आर्थिक अवस्थालाई ठीक गर्न कुनै कदम चालेन। त्यहाँको मुद्रा ९० प्रतिशतले घटेको छ ।

यो गिरावटका कारण मुलुकमा महंगी ह्वात्तै बढेको छ र जनताले पर्याप्त खाद्यान्न पाएका छैनन् । लेबनानका अधिकांश जनता स्वास्थ्य सुविधा र शिक्षाबाट वञ्चित छन् । इन्धन अभावका कारण मानिसहरु अधिकांश समय अन्ध-कारमा बस्न बाध्य छन् ।लेबनान आयातमा निर्भर देश हो।

आर्थिक मन्दीका कारण मुलुकको विदेशी मुद्रा सञ्चिति पनि खाली भएकाले विदेशबाट वस्तु आयात गर्न सकेको छैन । मुलुकमा बेरोजगारी ४० प्रतिशत पुगेको छ ।को’रोना भाइरसको महामारीले अवस्था झनै नाजुक बनाएको छ ।

सन् २०२० मा बेरुतको बन्दरगाहमा भएको ठूलो वि’ष्फोटले आर्थिक स’ङ्कटलाई झनै नराम्रो बनाइदिएको थियो । यस वि’स्फो-टमा २१६ जनाको ज्यान गएको थियो भने हजारौं घाइ-ते भएका थिए । वि’स्फोटले राजधानी बेरुतलाई हल्लायो र यसको केही भाग पूर्ण रूपमा ध्व’स्त भयो।

२०७८ चैत्र २३, बुधबार प्रकाशित 1 Minute 376 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार