२०८० मंसिर १८ सोमबार
  • काठमाडौँ

श्रीलंकामा नियुक्त भएकाे एक दिनमै अर्थ मन्त्रीद्वारा राजीनामा !

चैत २३, काठमाडौ : श्रीलङ्काका अर्थ मन्त्री अली साबरीले नियुक्त भएको एक दिनमै राजीनामा दिनुभएको छ । हिजो साेमवार बिहान २६ जना मन्त्रीले सामूहिक राजी’नामा दिएपछि

राष्ट्रपति गोटाबाया राजापाक्षेले साबरीलाई अर्थ मन्त्रीमा नियुक्त गर्नुभएको थियो । तर उहाँले आज मङ्गलवार राष्ट्रपतिलाई पत्र लेखेर राजीनामा दिनुभएको हो । साबरीले आफूले धेरै सोचविचार गर्दा देशको बिग्रि’एको अर्थतन्त्र सुधार्नका लागि

उत्कृष्ट सोच र व्यक्ति चाहिएकाले राजीनामा दिएको बताउनुभएको समाचार संस्था एएनआईले जनाएको छ ।
साबरी अस्ति आइतवारसम्म न्याय मन्त्रीका रूपमा रहनुभएको थियो भने हिजो २६ जनासँगै सामूहिक राजी’नामा दिनुभएको थियो ।

त्यही दिन बेलुका उहाँले फेरि अर्थ मन्त्रीको रूपमा शपथ लिनुभएको थियो । श्रीलङ्कामा आर्थिक सङ्क’ट चुलिएसँगै नागरिकले दैनिक उपभोग्य वस्तु पाउन छाडेका छन् । कागज किन्ने पैसा नहुँदा माध्यमिक तहका विद्यार्थीको परीक्षा रोकिएको छ ।

केही अस्पतालमा शल्यक्रिया प्रभा-वित भएको छ । डिजल/पेट्रोल नहुँदा सार्वजनिक गाडी र ठूला उद्योग पनि बन्द भएका छन् । देशमा दैनिक १६ घण्टाभन्दा धेरै लो-डशेडिङ सुरु भएको छ ।

अर्थ व्यवस्था बिगारेको भन्दै नागरिकले राष्ट्रपतिको राजी-नामा माग गर्दै आ’न्दोलन चर्का’एपछि राजधानी को\लम्बोसहितका केही सहरमा सरकारले कर्फ्यु लगाएको छ ।उज्यालो

२०७८ चैत्र २३, बुधबार प्रकाशित 1 Minute 270 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।