
रियाद : साउदी अरेबियास्थित नेपाली दूतावासका अधिकारीहरुको गैर जिम्मे-वारीपूर्ण हर्कतले उक्त मुलुकमा रोजगारीका लागि जाने तयारीमा रहेका नेपाली कामदार र त्यहाँबाट नेपाली कामदारको माग ल्याउने वैदेशिक
रोजगार व्यवसायीहरु गम्भीररूपमा प्रभावित भएका छन् । दूतावासले मुस्लिम समुदायको महान पर्व रमदानलाई कारण देखाउँदै मागपत्र प्रमाणीकरण गर्ने कार्य एक महिनाभन्दा बढी समय स्थगित गरेर आफ्नो नालायकी र गैर जिम्मेदारी ह-र्कत प्रदर्शन गरेको छ ।
वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार गत माघ महिनामा १४ हजार २ सय ३७ जना र फागुन महिनामा ९ हजार १ सय ६० जना साउदी अरेबिया गएका थिए । तर चैत लागेदेखि साउदी अरबस्थित नेपाली दूतावासमा मागपत्र प्रमाणीकरण प्रायः बन्द अवस्थामा रहेको व्यवसायीहरू बताउँछन् ।
साउदी अरबको रियादस्थित नेपाली दूतावास र जेद्धास्थित कन्सुलर कार्यालयले नेपाली कामदारका लागि रोजगारदाताले पेश गरेका मागपत्र प्रमनणीकरण गर्ने गरेका छन् ।
तर रियादस्थित नेपाली दूतावासले रमादानको पवित्र महिना र ईद पर्वको अवसर भन्दै अप्रिल ३ तारिख आइतबारदेखि मे ५ तारिख बुधबारसम्म मागपत्र प्रमाणीकरणको काम ‘सस्पेण्ड’ गरेकोे बताएको छ ।
दूतावासले एक महिनापछि मे ६ तारिखदेखि मात्रै दूतावासको अनलाइन डिमाण्ड एटेस्टेशन अनलाइन प्रक्रियाबाट डिमाण्ड प्रमाणीकरणको आवेदन लिन शुरू गरिने बताएको छ । मार्च ३१ तारिखसम्म प्रमाणीकरणका लागि पेश भएका डिमाण्ड भने पहिले जसरी नै प्रमाणीकरण हुने दूतावासको भनाइ छ ।
दूतावासले नेपाली कामदार ल्याउने साउदी रोजगारदाताहरूलाई ती कामदारको सम्पर्क नम्बर एकीकृतरूपमा पेश गर्न र नेपालमा रहेका म्यानपावर कम्पनीहरूलाई डिमाण्डका लागि बिचौलियाहरू प्रयोग नगर्नसमेत सचेत गराएको छ । यस्तै जेद्धास्थित कन्सु-लर कार्यालयले पनि मागपत्र प्रमाणीकरण रोकेको बताएको छ ।
नेपाली दूतावासले मागपत्र प्रमाणीकरण रोक्नुलाई कतिपयले नेपालको राष्ट्रिय आवश्यकता विपरीतको काम भनी टिप्पणी गरेका छन् । वैदेशिक रोजगारबाट आउने रेमिट्यान्स घटेको र त्यसले सोधानन्तर अवस्था कमजोर बनेको अवस्थामा सकेसम्म धेरै कामदार वैदेशिक रोजगारमा पठाउनुपर्ने बिज्ञहरूको सुझाव रहेको अवस्थामा नेपाली दूतावासबाट बहानाबाजी गरेर मागपत्र नै प्रमणाणीकरण नगर्नु दुःखद् घ-टना भएको नाम बताउन नचाहने अर्का व्यवसायीको टिप्पणी छ ।
रेमिट्यान्स आप्रवाहमा कमी आएको कारणले हाल श्रीलंकामा राष्ट्रिय सं-कटको अवस्था सिर्जना भएको छ । कतिपय अर्थविद्हरूले रेमिट्यान्स घट्दै गए नेपाल पनि श्रीलंकाको बाटोमा जानसक्ने चे-तावनी दिएका छन् ।
साउदीस्थित नेपाली दूकाबासले रमदानको बहाना बनाएर कामै रोक्नु काम कोर प्रवृत्ति मानिएको छ । एक मुस्लिम व्यवसायीले मध्यान्हसँग भने, ‘रमदानको महिना भनेको कामै नगर्ने महिना होइन । यो त पवित्र महिना हो र हामी अरु ११ महिना भन्दा रमदानको महिना तीन गुणा बढी काम गर्छौं ।’ उनले रमदानको महिना प्रगति र उन्नतिको महिना भएको बताए ।
रमदानको महिनामा काम रोक्ने निर्णय नेपाल सरकार परराष्ट्र मन्त्रालयको लिखित निर्णय र निर्देशन हो कि साउदीस्थित नेपाली दूतानासका ६÷७ जना कामचोर कर्मचारीको लहडको निर्णय हो ? भन्ने प्रश्न पनि गम्भीर रुपमा उठेको छ । नेपाली दूतावास श्रम कूटनीतिसँग पनि सम्बन्धित छ र त्यहाँ श्रम मन्त्रालयका शाखा अधिकृत र उपसचिव सरहका कर्मचारी पनि हुन्छन् ।
श्रम सहचारी र काउन्सेलर श्रम पदधारी ती कर्मचारी महँगो तलव भत्ता मात्र खान गएका हुन् कि श्रम मन्त्री या श्रम सचिवलाई पनि यसबारे रिपोर्टिङ गरे ? छानविन र अनुसन्धानको विषय भएको छ । यसबारे श्रम मन्त्रालय तत्काल मागपत्र प्रमाणीकरण खोल्न कडा आदेश दिनुपर्ने देखिएको छ ।
साउदीस्थित नेपाली दूतावासले मागपत्र प्रमाणीकरण रोकेकोमा नेपाली व्यवसायीमाथि परेको मर्कालाई लिएर आवाज नउठाएकोमा कतिपय व्यवसायीहरुले नेपाल वैदेशिक रोजगार व्यवसायी संघको पनि आलोचना गरेका छन् ।
यसबारे संघले गम्भीररुपमा परराष्ट्रदेखि श्रम मन्त्रालयसम्म आवाज उठाउनु पर्ने व्यवसायीहरुको धारणा पाइएको छ ।
अन्य दूतावासले भने रोकेनन् काम साउदीस्थित नेपाली दूतावासले मागपत्र प्रमाणीकरण बन्द गरेपनि खाडी मुलुकमा रहेका अन्य नेपाली दूतावासहरूले सेवा रोकेका छैनन् ।
दूतावासहरूले राष्ट्रिय पर्व वा अन्य कारणले नेपालमा वा सम्बन्धित मुलुकमा बिदा परेमा आफ्नो वेबसाइटमा केही दिनअघि नै सेवा रोकिने जानकारी दिने गरेकोमा यस पटक मुस्लिम समुदायको महान पर्व रमदानको शुभकामना व्यक्त गर्दै प्रेस विज्ञप्ति जारी गरेका छन् । तर विज्ञप्तिमा रमदानको कारणले मागपत्र प्रमाणीकरण तथा नियमितरूपमा दिँदै आएका सेवा रोकिएको बारे केही उल्लेख गरेका छैनन् । -मध्यान्ह