२०८० जेष्ठ २५ बिहीबार
  • काठमाडौँ

कृषिका लागि कोरियाले माग्यो १२ हजार आप्रवासी कामदार !

सोल : दक्षिण कोरियाले यस बर्षको मध्यसम्ममा कृषि क्षेत्रमा काम गर्नका लागि १२ हजार आप्रवासी कामदार कोरिया लैजाने भएको छ।

दि कोरिया टाइम्स्का अनुसार न्याय मन्त्रालयले विशेषगरी कृषि र माछा मार्ने कामका लागि यही बर्षको जुनसम्ममा ती कामदारहरु आफ्नो देशमा प्रवेश गराउने भएको छ।

देशमा आमन्त्रित कुल १२ हजार ३ सय ३० आप्रवासी कामदारहरू मध्ये, फिलिपिन्सबाट १ सय जना कामदार सोमबार कोरिया आइपुगेका छन, २ सय कामदार बुधबारसम्म आउने छन्।

याङगु काउन्टी सरकारले ३ सय फिलिपिनो कामदारहरूलाई पूर्वी ग्याङ्वोन प्रान्तको व्यस्त खेतीको सिजन अघिनै निमन्त्रणा गरेको छ।गत साता न्याय मन्त्रालयले देशमा १ लाख ३० हजार भन्दा बढी आप्रवासी कामदार र ९ सय ५० जना

माछा मार्ने जहाज चालक दलका लागिका सदस्यहरुको बसाई अवधि थप्ने निर्णय पनि गरेको थियो।मन्त्रालयले यो वर्षको छ महिनापछि माछा प्रशोधन गर्ने जनशक्तिको अभाव झेलिरहेका स्थानिय उद्योगहरूमा प्रवासी कामदारहरूलाई रोजगारी दिने योजना रहेको जानकारी पनि दिएको छ।

-नागरिक मा समाचार छ ।

२०७८ चैत्र २१, सोमबार प्रकाशित 1 Minute 225 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।