
टोकियो जापान : जापानले हाल विदेशबाट दैनिक रुपमा आउने आगन्तुकहरुको संख्यामा तोकेको सीमा बढाउने भएको छ । हाल ७ हजार आगन्तुकहरुलाई प्रवेशको अनुमति दिइएकोमा अप्रिल १० देखि यो संख्या बढाएर १० हजारमा पुर्याइने भएको छ ।
मन्त्री परिषद्का मुख्य सचिव हिरोकाजु माचुनोले यस्तो बताएको भन्दै क्योदो न्यूजले शुक्रबार समाचार छापेको हो । देशभरमा कोरो-ना संक्र-मण उच्च नै रहेको भएपनि जापानले क्रमिक रुपमा सीमा निय-न्त्रण खुकुलो बनाउँदै लगेको छ ।
विदेश गएर फर्किने जापानी एवम् स्थायी बासिन्दा र जापानमा बसेर अध्ययन गर्न भनेर आउन चाहने विदेशी विद्यार्थीहरु माझ जापान छिर्नु पर्ने आवश्यकता बढिरहेकै समयमा सरकारले संक्रम-ण नियन्त्रण गर्न सीमामा लागू गरेको कठोर प्रतिबन्ध खुकुलो बनाइरहेको छ ।
कोरो-नाको सं*क्राम प्रकार ओमिक्रोन भ्यारिएन्टका कारण तीन महीनासम्म सीमा नवप्रवेशीको लागि ठप्प पारेको जापानले मार्च देखि प्रवेश खुकुलो बनाइरहेको छ ।
जापानमा नेपालीहरुको संख्या बढेको छ । तथ्यांक अनुसार जापानमा समग्र बिदेशिको संख्या घटेपनि नेपालीको संख्या बढेर करिव १ लाख पुगेको छ ।
को-रोना भा-ईरसको संक्र-मण रोकथाम तथा निय-न्त्रणको लागि जापान सरकारले सिमा निय-न्त्रण गरि विदेशी नागरिकहरूको प्रवेशमा गरेको कडाइका कारण अघिल्लो वर्षको तुलनामा सन २०२१ मा विदेशी नागरिकको संख्या ४.४ प्रतिशतले कमि हुदापनि नेपालीको संख्या बढेर ९७ हजार १०७ रहेको छ ।
अध्यागमन सेवा एजेन्सीले जारी गरेको तथ्याङ्क अनुसार जापानमा बस्ने विदेशीहरूमा नेपालीहरूको संख्या छैठौ स्थान रहेको छ । गत वर्षको तुलनामा यस वर्ष १ हजार १ सय २७ जना नेपालीको संख्या बढेको तथ्यांकमा उल्लेख गरिएको छ ।
जापानमा बसोबास गर्ने सबै भन्दा धेरै जनसंख्या ७ लाख १६ हजार ६०६ चिनिया, दोस्रोमा भियतनामका ४ लाख ३२ हजार ९३४ र क्रमश कोरिया, फिलिपिन्स, ब्राजिल, इण्डोनेसिया, अमेरिका ताइवान रहेको छ ।
प्राविधिक इन्टर्न र अन्तर्राष्ट्रिय विद्यार्थीहरूको संख्या क्रमशः २७ प्रतिशत र २६ प्रतिशतले घटेर २७ लाख ६० हजार ६ सय ३५ पुगेको जनाएको छ । जुन अघिल्लो वर्षको तुलनामा वार्षिक रूपमै गिरावट आएको हो ।
स्थायी रूपमा नै जापानमा बस्न अनुमति दिइएको विदेशीहरूको संख्या यस वर्ष सबैभन्दा ठूलो अर्थात् २.९ प्रतिशतले बढेर ८ लाख ३१ हजार १ सय ५७ पुगेको एजेन्सीले जनाएको छ।
जापानका ४७ प्रान्त मध्ये टोकियोमा सबैभन्दा ठूलो संख्यामा विदेशीहरू रहेका छन । विवरण अनुसार टोकियोमा ५ लाख ३१ हजार १३१ विदेशीको बसोबास रहेको छ भने आइची केनमा २ लाख ६५ हजार १९९ ओसाकामा २ लाख ४६ हजार १५७, कानागावामा २ लाख २७ हजार ५११ र साइतामामा १ लाख ९७ हजार ११० विदेशीहरू बस्दै आएको बताईएको छ ।
अन्य प्रान्तमा विदेशीको संख्या गत वर्षको तुलनामा घटेपनि यामानाशी र शिमानेमा थोरै वृद्धि भएको छ । जापानको अध्यागमन कानून उल्लङ्घन गरेको आरोपमा देश निकाला गरी स्वदेश फिर्ता पठाइने विदेशी नागरिकको सङ्ख्या एक वर्ष अघिको तुलनामा एक हजार ३२८ मा घटेर यस वर्ष ४,१२२ पुगेको छ महामा-रीको प्र-भावका कारण धेरै उडान
सेवाहरू बन्द भएका कारण यस्तो भएको बताईएको छ।
आधिकारिक तथ्याङ्कमा कूटनीतिज्ञहरू र विशेष स्थायी बसोबास गर्नेको संख्या समावेश गरिदैन । विशेष स्थायी बासिन्दाहरूको रूपमा कोरियाली र ताइवानीहरू हुन् जसका परिवारहरूले जापानी नागरिकता गुमाएर पनि दोस्रो विश्वयु-द्ध पछि जापान मै रहे।