२०७९ जेष्ठ ८ आईतवार
  • काठमाडौँ

मलेसियाले जारी ग’र्‍यो कालोसूची, कति नेपालीहरु कालोसूचीमा छन् ?

क्वालालम्पुर : अन्तर्राष्ट्रिय सीमा पुनः खुला गरेसँगै मलेसियाले आफ्नो देश प्रवेशमा प्रतिबन्धित व्यक्तिहरूको कालो सूची पुनः सक्रिय गरेको छ ।

मलेसियाका गृहमन्त्री हमजाह जैनुदिनले राष्ट्रिय सुरक्षा उच्चतम स्तरमा रहेको सुनिश्चित गर्नका लागि मलेसिया प्रवेश प्रतिबन्धित व्यक्तिहरूको कालोसूची पुनः सक्रिय गरेको बताएका छन् ।

करिब दुई वर्षपछि मलेसियाले अप्रिल एक तारिखदेखि आफ्नो अन्तर्राष्ट्रिय सीमा खुल्ला गरेकोे छ । शनिबार आयोजित एक कार्यक्रममा गृहमन्त्री हजमानले कुन देशका नागरिक कालोसूचीमा बढी मात्रामा रहेका छन् भन्ने नखुलाउने बताए ।

उनले भने, ‘विगत लामो समय लगाएर तयार पारेको सूची सवै अध्यागमन कार्यालयहरूमा पठाइएको छ, तर त्यो सूची सार्वजनिक गरिने छैन ।’

मलेसियाले मुस्लिम अतिवादीहरूको सामुहिक प्रवेशलाई रोक लगाउने मुख्य लक्ष्य राखेर प्रतिबन्धित व्यक्तिहरूको गोप्य सूची बनाउने बताए पनि त्यसबाट अध्यागमन कानून उल्लंघन गरेर स्वदेश फर्किएका आप्रवासी कामदारको पुनः प्रवेशमा पनि समस्या निम्त्याउने बताइएको छ ।

रोजगारीका लागि मलेसिया गएका नेपाली कामदारहरू लुकेर लामो समय बसेका र आपराधिक गतिविधिमा लागेर जेल सजाय पाएकाहरू कालोसूचीमा पर्ने गरेका छन् ।

मलेसियन अधिकारीहरूलाई उदृत गर्दै मलेसियाका स्थानीय सञ्चारमाध्यमहरूले इन्डोनेशियाबाट अवैधानिकरूपमा कामदार प्रवेश गर्ने समस्या गम्भीर बनेको उल्लेख गरेका छन् ।
हाल मलेसिया र इन्डोनेसियाबीच घरेलुु कामदार व्यवस्थापन गर्ने विषयमा दुबै देशको शीर्ष तहमा छलफल भइरहेको छ ।

२०७८ चैत्र २०, आईतवार प्रकाशित 0 Minutes 136 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार