२०७९ जेष्ठ ७ शनिबार
  • काठमाडौँ

साउदी अरबमा पुगेका २९ नेपाली युवाद्वारा उद्धारको अपिल !

साउदी अरब : रोजगारीका लागि डेढ महिनाअघि साउदी अरब पुगेका २९ जना भन्दा धेरै नेपाली कामदार अलपत्र परेका छन् । उनीहरू गत डिसेम्बर १ तारिखमा त्यहाँ पुगेका थिए ।

काठमाडौँको गैरीधारामा रहेको एचआर इन्टरनेशनल इम्पोईमेन्ट सेर्विसमार्फत साउदीमा रहेको फाक्ट्री नुरह मुसफिर बिन हुसयन अल फिथ फर मेनुफाक्चरिङ्ग कम्पनी र दूध फाक्ट्री काममा भनेर पठाइएका नेपाली कामदारले म्यानपावर कम्पनीले भनेअनुसार काम नपाएका हुन् ।

‘हामी यहाँ आएको दुई महिना हुन लाग्यो न कम्पनीले काम दिएको छ न पैसा, दुई महिनाको अन्तरालमा कम्पनीले ६/७ सय रियाल जति मात्र दिएको छ, त्यो पैसाले खानै पुग्दैन ,’ अवधेश प्रसाद गुप्ताले खबरहबसँग भने, ‘यहाँ म्यानपावरले भने जस्तो काम र कम्पनी छैन अब हामी यहाँ बस्दैनौँ, चाँडो उद्धार गरिदिनुहोस् ।’

कम्पनीले कहिलेकहीँ सप्लाई कम्पनीमा एसी बोक्ने र लोड/अनलोडको काममा पठाउने गरेको पी-डित मध्यका एक अवधेशप्रसाद गुप्ताले गुनासो गरे। धेरै समय काम नपाएपछि लेबर क्याम्पमा बसेको तथा खानाको लागि हरेक १०/१५ दिनमा एक सय साउदी रियाल मात्र कम्पनीले दिने गरेको उनले सुनाए ।

रियादस्थित नेपाली दूतावासलाई जानकारी गराउँदा म्यानपावरतिरै औँला सोझाइदिएको पी-डितहरूले बताए । म्यानपावरलाई सम्पर्क गर्दा आज/भोलि भन्दै टार्ने गरेको छ । ‘मैले म्यानपावरका प्रतिनिधि र आफूलाई पठाउने एजेन्टलाई सम्पर्क गरेँ,’ अर्का युवा सुनिल राज सोनीले भने, ‘ म्यानपावर र एजेन्टले हाम्रो कुरै सुन्दैन उल्टै ह-प्काउँछन्, एजेन्टको घरमा अभिभावकलाई पठाउँदा राम्रै छ भन्दो रहेछ ।’

म्यानपावर कम्पनी तथा विभिन्न एजेन्टहरूलाई प्रतिव्यक्ति १ लाख ७० हजारदेखि २ लाखसम्म बुझाएर गएका थिए। तीनै एजेन्टलाई नेपाल फर्काउन सहयोग नगरे मिडियामा जान्छु भन्दा ‘तेरो लागि तीन लाख छु-ट्ट्याएको छु’ भन्ने ध-म्की दिएको उनले बताए ।

आफूहरूलाई पठाउने म्यानपावरलाई कारबाही गर्न र आफूहरूलाई सकुशल नेपाल फिर्ता गर्ने वातावरण मिलाइदिन नेपालस्थित श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग लगायत विभिन्न मानवअधिकारवादी सङ्घसंस्थालाई उनीहरूले अपिल गरेका छन्।

समस्या समाधान गर्छौँ : म्यानपावरएचआर इन्टरनेशनल इम्पोईमेन्ट सर्विसका मार्केटिङ डाइरेक्टर सुधीर कुमार खातीले अबको १०/१५ दिनमा सबै समस्या समाधान गर्ने आश्वासन दिएका छन् । ‘काम गर्नको लागि गएकाहरूले काम नपाएको गुनासो हो भने हामी सेटलमेन्ट गर्छौँ’, उनले भने।

खानै नपाएको भन्ने नेपालीको भनाइ भने गलत रहेको उनको दाबी छ । काम गरिरहेकाहरूलाई हरेक महिना तीन सय रियाल पाइरहेको र केहीले १० अप्रिलसम्म पाउन बताए । त्यति मात्र होइन काम नपाएकाहरूलाई एक हप्तामै कम्पनीले काम दिने जिकिर गरेका छन् ।

‘हामी पनि कामदारलाई समस्या पर्दा हात बाँधेर बस्दैनौँ, त्यो हाम्रो जिम्मेवारी हो र हामीले नगरे कसले गर्छ ? हामी पूरा गर्छौ ।,’ उनले थपे ।स्वदेश फिर्ता हुन चाहेका छन् नि? भन्ने प्रश्नमा उनले आफूहरूले भने अनुसारको काम दिन नसके फिर्ता पठाउन तयार रहेको पनि बताए । -योगेन्द्र योगी खबरहब

२०७८ चैत्र २०, आईतवार प्रकाशित 1 Minute 91 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार