
काठमाडौ : राष्ट्रपति राजापाक्षेको निवास जाने सडकमा रोकिएका सेनाको बसलाई प्रदर्शनकारीले ताेडफाेड गरेकाे/एपी न्युज ग’म्भीर आर्थिक सं’कटमा रहेको श्रीलंकामा राष्ट्रपति भवनमा आक्रमणको प्रयास भएको छ ।
राष्ट्रपतिको गलत नीतिका कारण देशमा आर्थिक संक’ट आएको र लाखौँ नागरिक आधारभूत आवश्यकताबाट बञ्चित भएको भन्दै सयौँ प्रदर्शनकारीले राष्ट्रपति गोटावाया राजापाक्षेको निवासमा आ’क्रमण गर्ने प्रयास गरेका हुन् ।
गएरातिको प्रदर्शन उग्र बनेपछि प्रशासनले राजधानी कोलम्बोमा कर्फ्यु लगाइएको समाचार संस्था रोयटर्सले जनाएको छ । प्रहरीसँगको झ-डपमा एकजना गम्भी’र घा-इते भएको र कयौँ मानिस प-क्राउ परेका खबरमा उल्लेख छ ।
निवासमा आक्र-मणको प्रयास भइरहेका बेला राष्ट्रपति निवासमा हुनुहुन्नथ्यो । प्रदर्शनकारीले राष्ट्रपति राजापाक्षेको निवास जाने सडकमा रोकिएका सेनाको बस र प्रहरीका गाडीमा आगो लगाइदिएका छन् भने वरपरका घरका प-र्खाल समेत ढालिदिएका छन् ।
दुई करोड २० लाख जनसंख्या रहेको श्रीलंका स्वतन्त्र भएयताकै चरम आर्थिक संक-टमा रहेको छ । अत्यावश्यक सामग्री खरिदको लागि पनि विदेशी मुद्रा नभएपछि समस्या बढेको छ । पेपर किन्न नसक्दा विद्यार्थीको परीक्षा स्थगित भएको छ, अस्पतालमा शल्य-क्रिया पनि प्रभा-वित भएका छन् ।
हिजोदेखि डिजलको बिक्री बन्द हुँदा सार्वजनिक यातायात र उद्योग ठप्प भएका छन् । निजी बस कम्पनीले सेवा दिन छाडेपछि सरकारले ग्यारेजमा रहेका पुराना बसको मर्मत गरेर सेवा दिने तयारी भइरहेको छ ।
श्रीलंकामा राष्ट्रपति गोटावाया राजापाक्षेका दाइ चमल राजापाक्षे कृषिमन्त्री हुनुहुन्छ, भाइ महिन्दा राजापाक्षे प्रधानमन्त्री, अर्का भाइ बासिल राजापाक्षे वित्त विभागका प्रमुख र भतिज नमल खेलकुदमन्त्री हुनुहुन्छ । उज्यालो