२०७९ जेष्ठ ७ शनिबार
  • काठमाडौँ

दैनिक १० लाख ब्यारेल तेल निकाल्ने अमेरिकी राष्ट्रपति वाइडेनको घोषणा !

चैत १९, काठमाण्डाै : अमेरिकी राष्ट्रपति जो वाइडेनले भण्डारणबाट दैनिक १० लाख ब्यारेल पेट्रोलियम निकालेर बिक्री गर्ने घोषणा गर्नुभएको छ । रुसबाट पेट्रोलियम आपू-र्ति बन्द गरेपछि अमेरिकामा पेट्रोलियम पदार्थको मूल्य बढीरहेको छ,

मूल्य नियन्त्र-ण गर्न र रुसी तेल आयात नहुँदा अभाव हुन नदिन रणनीतिक पेट्रोलियम भण्डारणबाट ६ महिनासम्म दैनिक १० लाख ब्यारेल पेट्रोलिम निकालिने बाइडेनले बताउनुभएको वासिङ्टन पोष्टले जनाएको छ ।

अमेरिकाले ४६ वर्षपछि भण्डारणबाट यतिधेरै परिमाणमा पेट्रोलियम बाहिर निकाल्न लागेको हो । रुसबाट तेल र ग्यास आयात बन्द गरेपछि मूल्य बढ्दा राष्ट्रपति बाइडेनको आलो-चना भइरहेको थियो । हिजो भएको पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति वाइडेनले केही अमेरिकी कम्पनीले मौकाको फाइदा

उठाउँदै पेट्रोलियममा उच्च नाफा कमाइरहेको तर यो नाफा कमाउने नभई सरकारसँग उभिएर समस्याको समाधान गर्ने समय भएको बताउनुभएको छ । तेलको भाउ ठूलो अन्तरले तलमाथि हुन नदिन उपयुक्त कानुन बनाउन संसदले सहयोग गर्नुपर्ने पनि वाइडेनले बताउनुभएको छ ।

युक्रेन मात्रै नभई विश्वभरको लोकतन्त्रको रक्षाको लागि र रुसको क्रु-र आक्र-मणको विरोधमा अमेरिकाले विभिन्न कदम चालेको र यसलाई सफल बनाउन पनि बाइडेनले आग्रह गर्नुभएको छ ।

बाइडेनको घोषणासँगै अमेरिकी बजारमा कच्चा तेलको मूल्य चार प्रतिशतले घटेको छ । अमेरिकाले दैनिक १० लाख ब्यारेल तेल भण्डारणबाट निकाल्दा अमेरिका मात्रै नभई विश्वभरको मूल्य निय-न्त्रण गर्न सकिने अमेरिकी अधिकारीहरुले दाबी गरेका छन् । अमेरिकाको रणनीतिक तेल भण्डारणमा ७० करोड ब्यारेल भन्दा धेरै परिमाणमा पेट्रोलियम रहेको छ । -उज्यालो

२०७८ चैत्र १९, शनिबार प्रकाशित 1 Minute 128 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार