२०८० मंसिर २० बुधबार
  • काठमाडौँ

साउदी अरबमा नेपालीको रोजगार गुम्ने खतरा, यस्तो छ कारण.!

उर्जामाथिको पहुँचमा कठिनाइ हुँदा विश्वको कुल जनसंख्याको ठूलो हिस्सा गरिबीमा धकेलिनसक्ने संयुक्त अरब इमिरेट्सका ऊर्जा मन्त्री सुहाइल अल माजरोवीले चेतावनी दिएका छन् ।

बढ्दो उर्जा मूल्यले विकसित र उदीयमान अर्थतन्त्र दुवैमा मुद्रास्फीति बढाएको र जीवनयापनको खर्च समेत बढाएको उनको भनाइ छ । यूएईको दुबईमा भएको वर्ल्ड गभर्नमेन्ट समिटमा बोल्दै उनले यस्तो बताएका हुन् ।

तेल निर्यातकहरुको संगठन ओपेक–प्लसका नेताहरुले अवस्थालाई दुरुस्त राख्ने प्रयास गरेको र स्रोतलाई बजारमा व्यवस्थापन गर्न सकिने किसिमबाट ल्याएको उनले बताए । तर यो बढ्दो रुपमा कठिन हुन थालेको उनको भनाइ थियो ।

यो अवस्था हुनका लागि स्रोत विशेषगरी वित्तीय स्रोतको आवश्यकता भएको उनले सो क्रममा बताए । ‘हामी त्यस्तो अवस्थामा गएर टुंगिने छौँ जहाँ उर्जामाथिको पहुँच एक विषय हुने छ र यसले निश्चित रुपमा गरिवीतर्फ डोर्याउन सक्छ’, उनले भने, ‘हामीले प्रयास गरिरहेका छौ ।

तर सबै कामका लागि हामी आरोपित हुन्न चाहन्नौँ। हामीले सक्दो प्रयास गरेका छौँ ।’ रुसले युक्रेनमा आक्रमण सुरु गरेयता तेल र ग्यासको मूल्यमा वृद्धि भएको छ । तर अल माजरोवीले सुरुमा दीगोपना र उर्जा संकटमा ध्यान केन्द्रीत गरिएको बताएका छन् ।

२०७८ चैत्र १८, शुक्रबार प्रकाशित 0 Minutes 319 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।