२०८० जेष्ठ २२ सोमबार
  • काठमाडौँ

मलेसियामा श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने प्रधानमन्त्रीको घोषणा, औद्योगिक क्षेत्र असन्तुष्ट !

काठमाडौ : मलेसियाका प्रधानमन्त्रीले श्रमिकको न्यूनतम ज्याला बढाउने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री ईस्माइल साव्री याकोवले आउँदो मे १ देखि न्यूनतम ज्याला मासिक

१ हजार ५ सय रिंगिट बनाउने घोषणा गर्नुभएको हो । तर प्रधानमन्त्रीको यो घोषणालाई लिएर मलेसियाका कतिपय क्षेत्र भने असन्तुष्ट बनेका छन् ।

मलेसियाको औद्योगिक क्षेत्रले भने सरकारको विरुद्ध विरोध प्रदर्शन नै गरेको छ । बढाएको पारिश्रमिक लागू गर्दा कम्पनी घाटामा जाने र हुने खर्च व्यहोर्न नसक्ने औद्योगिक क्षेत्रको भनाइ छ ।

प्रधानमन्त्री साब्रीले भने सुरुमा ठूला कम्पनीहरू तथा सरकारी निकायसँग आबद्ध कम्पनीहरूमा न्यूनतम ज्याला वृद्धि लागू हुने बताउनुभएको छ ।.साना, थोरै श्रमिक काम गर्ने तथा न्यून आम्दानी भएका कम्पनीहरूमा भने मानव संसाधन मन्त्रीले

अन्य मन्त्रीहरूसँग छलफल गरेर त्यस्ता कम्पनीहरूमा कहिलेदेखि न्यूनतम ज्याला वृद्धि लागु गर्ने भन्ने तय हुने बताइएको छ । मलेसियाले सन् २०२० को फेब्रुअरी १ देखि न्यूनतम ज्याला १ हजार २ सय लागु गरेको छ ।

२०७८ चैत्र १७, बिहीबार प्रकाशित 0 Minutes 168 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।