२०८० आश्विन १२ शुक्रबार
  • काठमाडौँ

साउदी अरेबियाले चीनलाई डलरको सट्टा युुआनमै तेल बेच्ने तयारी !

साउदी अरब : चीनले साउदी अरेबियाको तेल डलरको सट्टा युुआनमा किन्ने इच्छा देखाएको छ । चीनको यस किसिमको प्रस्ताव आएको यो पहिलो पटक भने होइन ।

साउदी अरेबियाले आफ्नो तेलको निर्यातको एक तिहाई चीनमा बिक्री गर्दै आएको छ । यस्तोमा साउदी अरेबियाले चीनलाई युुआनमा तेल बिक्री गर्ने इच्छा देखाएको वाल स्ट्रिट जर्नलले जनाएको छ ।

विगत ५ वर्षसम्म यस किसिमको मोलमोलाई हुँदै आए पनि चाँडै नतिजामा पुुग्न सक्ने देखिएको छैन । साउदी अरेबियाले आफ्नो रियाललाई डलरमा विनिमय गर्दैै आएको छ ।

त्यसैले डलरमा हुने कुनै पनि क्षतिले उसको आफ्नै मुद्रामा पनि हानी पुुग्न सक्ने क्वार्जले उल्लेख गरेको छ । तर अमेरिकी भू–राजनीतिक वर्चश्व पेट्रोडलरमा व्यापक मात्रामा आधारित छ ।

विश्वव्यापी तेल कारोबारको ८० प्रतिशत कारोबार डलरमा हुुने गरेको छ । त्यसैले तेल उद्योगको छनौटको मुद्रामा पेट्रोयुुआन आएमा के होला भनेर विश्वले हेरिरहेको क्वार्जले जनाएको छ । -रातोपाटि बाट

२०७८ चैत्र १७, बिहीबार प्रकाशित 1 Minute 248 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।