
काठमाडौं : श्रमिकलाई विभिन्न बाहानामा ठ’गि गर्ने क्रम बढेपछि साउदी अरबको रियादस्थित नेपाली दूतावासले आफ्नो ध्यानआकर्षण भएको जनाएको छ।
विभिन्न कारणले समस्यामा परी रादूतावासको सहयोग र समन्वयमा स्वदेश फर्किन लागेका श्रमिक ट्राभल एजेन्सीका एजेण्टहरुबाट ठ’गिएका गुनासो आउन थालेपछि दूतावासले त्यसो नर्गन चे’तावानी दिएको छ।
दूतावासले बिहीवार एक विज्ञप्ति जारी गर्दै बिचौलीयाबाट जोगिन सचेत गराएको हो। रोजगारी गुमाइ बेखर्ची भएका श्रमिकलाई हवाइजहाजको टिकट काट्ने नेपाली एजेण्टले विभिन्न बाहानामा ठ’गी गरेको दूतावासको भनाइ छ।
‘बेखर्ची भएर राजदूतावासको सेल्टरमा आश्रय लिइ महिनौं बसेका, साथीभाईको आर्थिक सहयोगमा स्वदेश फर्किन प्रयास गरिरहेका र ट्राभल डकुमेण्ट समेत जारी भइ स्वदेश जाने टिकटको लागि ट्राभल एजेन्सीमा गएका कामदारलाई विभिन्न बाहानामा ठ’ग्ने गरेको पाइएको छ,’
दूतावासले सचेत गराउँदै विज्ञप्तिमा भनेको छ,‘ट्राभल डकुमेण्ट खर्च, फोटोकपी खर्च, सीसीएमी फारम भरेको खर्चजस्ता बनावटी शिर्षकका नाममा रकम लिने गरेको पाइएको हुँदा यसप्रकारका ठ’गीबाट जो’गिनुहुन अनुरोध गरिन्छ।’
दूतावासले आफूलाई समाजसेवी भन्न रुचाउने र विभिन्न संघ–संस्थामा आवद्ध भएका व्यक्तिहरुबाटै ठ’गी भएको बताएको छ। ‘केही तथाकथित समाजसेवीबाट यस्ता प्रकारका ठगिहरु भैदिंदा मन, वचन र कर्मले प्रवासी नेपाली दाजूभाई तथा दिदीबहिनीको सेवामा ओरोरात्र खटिने अन्य वास्तविक
समाजसेवीहरुप्रति ठूलो अन्याय हुनजाने र उहाँहरुले पुर्याउने योगदानको अवमूल्यन हुने ख’तरा रहन्छ,’ दूतावासले चिन्ता व्यक्त गरेको छ। दूतावासले यसरी श्रमिकलाई ठ’गि गरेको पाइए कानूनी का-रवाही गर्ने चे’तावनी समेत दिएको छ।
कसैले ठ’गि गरे वा ठ’गिएको महशुस भएमा राजदूतवास वा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन विज्ञप्तिमार्फत सुचित गराइएको छ। ठ’गि गरेको लिखित उ-जुरी परेमा त्यसउपर छानवीन गरी आवाश्यक कारवाहीको लागि साउदीका सम्बन्धित निकायमा समेत पत्राचार गरिने दूतावासले जनाएको छ।
घ-टना नौलो होइन !
दूतावासले अहिले सार्वजानिक सूचना जारी गरेर सुचित गराएपनि यस्ता घ’टना को-भिड नै हुँदै आएको रियादस्थित श्रोतले प्रवास खबरलाई जानकारी दियो।
‘अति भएपछि बाहिर आएको हो। यस्ता ठ’गिका घ-टना पहिलादेखि नै भएका छन्।’ श्रोतका अनुसार यस्ता घ’टनामा ट्राभल एजेन्सीको प्रत्यक्ष संग्लनता छ। ‘ठूला भनाउँदा नै संग्लन छन्। त्यसैले अझैसम्म पनि नाम बाहिर ल्याइएको छैन।’
यसविषयमा साउदीस्थित एनआरएनए पनि अवगत रहेको श्रोतको दावी छ। यसविषयमा थप बुझ्न प्रवास खबरले गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदीका अध्यक्ष डम्बर यादवलाई सम्पर्क गरेको थियो। उनले दुई/तीन जना श्रमिकले केही समयअघि आफूलाई फोन गरेर ठ’गिएको जानकारी गराएको तर, संघमा लिखित उजुरी भने कसैले नदिएको बताए।
‘ठ’गिका घ-टना नहुने होइनन्। केही समयअघि मलाई फोनमार्फत यस्तै किसिमको गूनासो आएको थियो। मैले दूतावासमा जानकारी गराउनुस् भनेको थिएँ,’ अध्यक्ष यादवले भने,‘लिखित रुपमा उजु-री भने आएको छैन। यस्ता विकृतिलाई निरुत्साहित गर्न हामी तयार छौँ।’
यता रियादस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत समेत रहेका उपनियोग प्रमुख दिलिप पौडेल भने अहिले नै ठ”गिमा संग्लन व्यक्तिको पहिचान खुलाउन नमिल्ने बताउँछन्।
‘हामी अनु-सन्धानकै क्रममा छौँ। अहिले नै सबै कुरा खुलाउँदा समस्या समाधानमा थप कठिन हुन्छ। दो-षी प्रमाणित भएका व्यक्तिउपर कानूनबमोजिम कारवाही हुन्छ।’ उनले यस्ता किसिमका ठ-गिबाट बच्न साउदीमा रहेका नेपालीलाई आग्रह समेत गरे।