२०७९ जेष्ठ ७ शनिबार
  • काठमाडौँ

मलेसिया र कतार रोजगार – पारिश्रमिक ठ’गिदा पनि उजु’री गर्दैनन् नेपाली कामदार !

काठमाडौ : को-भिड-१९ को समयमा ठूलो मात्रामा आप्रवासी श्रमिकको ज्याला ठ’गि भएपनि न्यून व्यक्तिले मात्र सम्वन्धित निकायमा उजु’री गरेको पाइएको छ ।

सो समयावधिमा स्वदेश फर्किएका नेपाली तथा बंगलादेशी श्रमिकहरुसँग लिइएको तथ्याँकमा आधारित अध्ययनको निश्कर्षले यस्तो देखाएको हो ।

साउथ एसियन ट्रेड यूनियन काउन्सील (सार्टुक) ले मा-इग्रेण्ट फोरम इन एसिया (एमएफए) सँगको साझेदारीमा शनिवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ति दुई मुलुकका श्रमिकसँग लिइएको तथ्याँकमा आधारित अध्ययनहरुको निश्कर्ष प्रस्तुत गरिएको थियो ।

को-भिड-१९ सुरु भएपछि नेपाल फर्केका १ सय ४२ जना प्रतिनिधिमूलक श्रमिकसँग लिइएको तथ्याँक अनुसार फर्केका मध्ये ३७ दशमलव ६ प्रतिशतले आफूले विदेश स्थित नेपाली नियोगमा उजु’री दर्ता गराएको बताएका थिए ।

स्वदेश फर्केका मध्ये २० दशमलव ४ प्रतिशतले आफूले नेपालमा आइसकेपछि वैदेशिक रोजगार विभाग, पालिका वा प्रहरीमा उजु-री दर्ता गराएका थिए । तर उनीहरुको उजुरी उपर के कस्तो सुनुवाई भयो भन्ने विषय भनें स्पष्ट हुन सकेको छैन ।

अध्ययनमा संलग्न स्वदेश फर्केका श्रमिक मध्ये सवैभन्दा धेरै २१ दशमलव ५ प्रतिशतले आफूले तलव नपाएको बताएका थिए । यसैलेगरी ८ दशमलव ६ प्रतिशतले आफूलाई ज’वर्जस्ती कामबाट निकालिएको, ११ दशमलव ८

प्रतिशतले तलव घटाइएको तथा पेन्सन सुविधा वापत प्राप्त हुनुपर्ने रकममा कटौति गरिएको बताएका थिए । यसैगरी बंगलादेशमा १ हजार १ सय ६० प्रतिनिधिमूलक श्रमिकसँग लिइएको तथ्याँक अनुसार स्वदेश फर्केका मध्ये ९२ प्रतिशतले आफूले कहिं उजुरी नगरेको बताएका थिए ।

त्यसमध्ये ३५ प्रतिशतले आफूलाई कहाँ उजुरी गर्न सकिन्छ भन्ने जानकारी नभएको, २० प्रतिशतले आफूले न्याय पाउँछु भन्ने विश्वास नभएको तथा २४ प्रतिशतले रोजगारदाताको डरका कारण उजु-री दर्ता गर्न नसकेको बताएका थिए ।

बाँकीले आफूलाई का’लोसूचिमा राख्ने र पुन: सो मुलुक जान नपाउने तथा आफू पूर्ण रुपमा रोजगारदातामा निर्भर रहेका कारण कानुनी उपचारका बारेमा सोच्न नसकेको बताएका थिए ।

स्वदेश फर्केका एकजना श्रमिकले आफूले पाउनु पर्ने सरदर २ हजार १ सय १९ अमेरिकी डलर बराबरको ज्याला तथा अन्य सुविधा नपाएको देखिएको छ । सवैभन्दा कम ३५ डलर तथा सवैभन्दा बढी ७ हजार ६३ डलर बरावरको रकम आफ्नो ठगि भएको उनीहरुले जानकारी दिएका थिए ।

स्वदेश फर्केका मध्ये ४८ दशमलव ६ प्रतिशतले रोजगारी गुमेका कारण स्वदेश फर्किन बाध्य भएको बताएका थिए । यसैगरी फर्केकाहरु मध्ये ३८ दशमलव ७ प्रतिशतको तलव घटेको, १५ दशमलव ५ प्रतिशतले रोजगारीको कार्यसमय कम भएको र ६७ दशमलव ७ प्रतिशतले आफ्नो ज्याला गु’मेको बताएका थिए ।

अध्ययनमा संलग्न संस्थाहरु सेस्लम तथा रामरुले यस्तो महामारीको समयमा आप्रवासी श्रमिकहरुको अधिकार धेरै हनन हुने देखिएको भन्दै उनीहरुको अधिकार रक्षाका लागि थप प्रभावकारी व्यवस्था गर्न आवश्यक रहेको बताएका छन् ।

रोजगार करार सम्झौता अकस्मात अन्त्य हुने अवस्था आएमा सो अवस्थामा श्रमिकले पाउनु पर्ने सुविधाका विषयमा श्रमिक पठाउने देश र श्रमिक जाने देश दुवैले विशेष व्यवस्था गर्नुपर्ने खाँचो औंल्याए । श्रमिकलाई स्वदेश फर्काउनु अगाडी उनीहरुले प्राप्त गर्न बाँकी सम्पूर्ण रकम भुक्तानी गरेर मात्र स्वदेश फर्काइनु पर्ने ति संस्थाले सुझाव दिएका छन् ।

२०७८ चैत्र १४, सोमबार प्रकाशित 1 Minute 82 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार