२०८० जेष्ठ २५ बिहीबार
  • काठमाडौँ

अब अष्ट्रेलिया जान पीसीआर नचाहिने !

काठमाडौ : अष्ट्रेलिया प्रवेश गर्न अब पीसीआर रिपोर्ट नचाहिने भएको छ । अष्ट्रेलियाका प्रमुख विमानसेवा कम्पनीका अधिकारीसँगको छलफलपछि त्यहाँका स्वास्थ्यमन्त्री ग्रेग

हन्टले विदेशी यात्रुले अष्ट्रेलिया प्रवेश गर्नुअघि पीसीआर परीक्षणको व्यवस्था हटाइएको जानकारी दिएका हुन् ।
‘अहिले अष्ट्रेलियामा प्रवेश गर्नको लागि उडानपूर्व पीसीआर परीक्षण अनिवार्य छ,

अब अष्ट्रेलिया आगमनको लागि उडानपूर्वको पीसीआर परिक्षण गरिरहन पर्दैन ।’ मन्त्री हन्टले भने । को’रोना भाइ’रसविरु,द्ध खोपको तीव्रतासँगै महामा’रीको जो-खिम कम भएको अनुमानसहित नयाँ व्यवस्था गरिएको बताइएको छ ।

यद्यपि मास्कको प्रयोगलाई अनिवार्य गर्ने व्यवस्थालाई भने निरन्तरता दिइएको अष्ट्रेलियाबाट प्रकाशित हुने नेपाली समाचार पोर्टल नेपालट्युबले जनाएको छ ।

अहिले अष्ट्रेलियन नागरिक र त्यहाँ स्थायी बसोबास गर्नेहरुका लागि खोप नभएपनि प्रवेश अनुमति दिइँदै आइएको छ ।
-खबरहब

२०७८ चैत्र १३, आईतवार प्रकाशित 1 Minute 151 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।