
मार्च २६, युएई : रोजगारीको प्रलोभन देखाएर नेपाली युवालाई भिजिट भिसामा यूएई पु¥र्याउने कार्यमा संलग्न त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टे’न्सीका सञ्चालक कोमलराज उपाध्याय युएईमा पक्रा’उ परेका छन् ।
संयुक्त अरब इमिरेट्स युएई भ्रमणका क्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री डा. अव्दु’लरहमान अव्दु’लमानन अल अवारबीच युएईमा अल-पत्र परेका नेपालीहरुको समस्या
समाधान गर्ने र दो’षीलाई कारवाहीको दायरामा ल्याउन दुई देश मिलेर काम गर्ने सहमति भएको थियो । युएई सरकारले कानुनले तोकेको प्रकृयाभन्दा बाहिरबाट नेपालीलाई युएई ल्याउने कार्यमा संलग्न व्यक्तिलाई कार’वाहीको दायरामा ल्याउने प्रतिवद्धता जनाएको थियो ।
त्रिनेत्र म्यानेज’मेन्ट कन्स’ल्टेन्सीका सञ्चालक उपाध्यायले नेपालीलाई युएईमा अल-पत्र पारेको र ठ’गी गरेको उजु’री परेको थियो । उपाध्यायलाई पक्रा’उ गरेको जानकारी त्यहाँको प्रहरीले नेपाली दूतावास आवुधाबीलाई गराएको छ ।
नेपाली समुदायको कार्यक्रममा मन्त्री श्रेष्ठले नक्क’ली मागपत्र बनाउने, झुटो आश्वासन र रोजगारीको प्रलोभन देखाएर प्रचलित कानुनले तोकेको प्रकृयाभन्दा बाहिरबाट नेपालीलाई
युएई ल्याउने कार्यमा संलग्न व्यक्तिलाई कार’वाहीको दायरामा ल्याउन अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्ट’रपोल) को सहयोगमा युएईबाट नेपाल झिकाउने बताएका थिए ।
‘भिजिट भिषा’ मा यूएई पु¥र्याएर अलपत्र पार्ने काममा संलग्न मेनपावर कम्पनी, कन्स’ल्ट्यान्सीहरु, ट्रा’भल्स स’ञ्चालकहरु, द’लाल तथा विचौलियाहरुलाई कार’वाहीको दायरामा ल्याइने मन्त्री श्रेष्ठले बताए । -नया पेज बाट